दुइ अर्बको इन्टरनेट !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 05:11:58 AM मा प्रकाशित

काठमाडौं । नेपालले एक वर्षको अवधिमा करिब दुई खर्ब रुपियाँ बराबरको इन्टरनेट खरिद गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको ‘इन्टरनेट ब्याण्डविथ’ खरिद गरेको हो।  २०७२ मा नेपालले एक अर्ब ७४ करोड ७७ लाख रुपैयाँ बराबरको इन्टरनेट खरिद गरेको थियो।

विदेशबाट ‘ब्याण्डविथ’ आयात गरेर नेपालका इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सुविधा उपलब्ध गराउँछन्। यसरी ब्याण्डविथ आयात गर्दा प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था छ। प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकलाई विदेशबाट ‘ब्याण्डविथ’ आयात गर्न आवश्यक विदेशी मुद्रा सटहीको लागि नेपाल राष्ट्र बैङ्कलाई सिफारिस गर्छ। यसमा सेवा शुल्क पनि जोडिएको हुन्छ।  नेपालले अहिले भारतबाट मात्र इन्टरनेट खरिद गर्दैआएको छ। भारतीय करियर ९ब्याण्डविथ प्रदायक०ले सिङ्गापुरबाट आयात गरिएको इन्टरनेट नेपाललाई बिक्री गर्छन्।

यसअघि प्रतिएमबी ४० डलरमा इन्टरनेट ब्याण्डविथ खरिद हुँदै आएकोमा यसको मूल्य अहिले औसत १५ डलरमा घटेको प्राधिकरणले जनाएको छ। नेपालका इन्टरनेट सेवा प्रदायकका लागि अहिले इन्टरनेट आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको छ। विशेषगरी सामाजिक सञ्जालको लोकप्रियता र इन्टरनेटमा आधारित ‘कन्टेन्ट’को प्रयोग बढ्न थालेपछि सेवा प्रदायकले प्याकेजमा इन्टरनेट सुविधा उपलब्ध गराउँदैआएका छन्। हाल नेपालमा मोबाइलमा आधारित चौथोपुस्ताको फोरजी इन्टरनेटदेखि अप्टिकल फाइबर, ल्याण्डलाइनमा आधारित एडीएसएल, वाइम्याक्स, इभीडीओ लगायत प्रविधिमार्फत इन्टरनेट सुविधा सेवा प्रदायकले प्रदान गरेका छन्। 

सरकारले पनि देशैभर ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न अप्टिकल फाइबर बिछ्याउने कामलाई गति दिएको आजको कान्तिपुरमा खबर छ। प्राधिकरणका अनुसार हाल नेपालको कुल जनसङ्ख्याको ५८।७२ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन्। यसमध्य अधिकांशले मोबाइलबाटै इन्टरनेट प्रयोग गर्ने तथ्याङ्क छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved