माओवादीमा प्रवेश गर्नसाथ टिकट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 05:36:18 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं । माओवादीले अरू दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिई प्रदेश नं। २ का तहमा उम्मेदवार बनाएको छ। माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीन जनालाई उम्मेदवार बनाएको छ। पछिल्लो एक महिनामा माओवादी प्रवेश गर्ने नेतालाई आठ तहमा टिकट दिइएको छ। माओवादीले ११ तहमा नवप्रवेशी उम्मेदवार बनाएको हो ।

माओवादीले कांग्रेस, एमाले, राजपालगायत मधेसकेन्द्रित दलबाट पार्टी प्रवेश गरेकालाई उम्मेदवार बनाएको छ। कांग्रेसबाट प्रवेश गरेका सिद्धार्थ यादवलाई सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ भने एमालेबाट प्रवेश गरेका रामभजु यादवलाई सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ। राजपाबाट प्रवेश गरेका नरेन्द्र यादवलाई महोत्तरीको औरही नगरपालिकाको मेयरको टिकट दिएको छ। माओवादीले एक महिनायता पार्टी प्रवेश गर्ने आठजनालाई उम्मेदवार बनाएको छ।

सद्भावना पार्टीबाट प्रवेश गरेका अनिस अन्सारीलाई सप्तरीको राजविराज नगरपालिकाको मेयरमा टिकट दिएको छ। एमालेबाट प्रवेश गरेका राजनारायण चौधरी महोत्तरीको भङ्गाह नगरपालिकाको मेयरमा, राजपाबाट प्रवेश गरेका शेख मोत्तिनलाई बाराको सिमरौनगढ नगरपालिकाको मेयरमा, कांग्रेसबाट प्रवेश गरेका इस्लाम अन्सारीलाई आदर्शकोतवाल गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ। राजपाबाट प्रवेश गरेका चेतनारायण महतोलाई सर्लाहीको बगरगञ्ज गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ। राजपाबाटै माओवादीमा प्रवेश गरेका रामबाबु साहले सर्लाहीको हरपरुवा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट प्रवेश गरेका खड्कनारायण चौधरीले पनि सिरहाको लहान नगरपालिकाको मेयरको टिकट पाएका छन् । एमालेबाटै प्रवेश गरेका ठक्कु महतोले अर्नमा गाउँपालिकाको अध्यक्षको टिकट पाएको आजको नया पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved