सुन तस्करीको अर्को रहस्य खुल्यो, चुनावमा खर्च जुटाउन यस्तो हर्कत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 09, 2017 | 04:34:09 AM मा प्रकाशित

काठमाडौं । सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेको बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो।  लामो समेदेखि निर्वाचन चर्चामै समेटिएको थियो। गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरू भयो। 

यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन थाल्यो। सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुस १३ गते थानकोटमा ७ किलो सुन फेला पर्‍यो। सो सुनको अनुसन्धान सकिएकै थिएन। पुस २१ मा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन विमनस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पार्‍यो। त्यसले राम्रै तरङ्ग ल्यायो।

सरकारले आयोगलाई २०७४ वैशाख अन्तिमसम्म निर्वाचन गर्नेगरी तयारी थाल्न निर्देशन दियो। सुन बरामद हुने क्रम रोकिएन। माघ १ गते चमतीमा १५ किलो सुन बरामद भयो भने फागुन ८ मा विमानस्थलबाट डेढ किलो र चैत ७ मा रसुवामा ७ किलो सुन बरामद भयो। स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भई तेस्रो चरणको निर्वाचनको तयारीकै बेला भदौ १५ गते  १५ किलो र १९ मा ८८ किलो सुन बरामद भयो।

प्रहरी अधिकारीहरू तस्करी भएको सुन मुस्किलले १० प्रतिशत मात्रै बरामद हुने स्वीकार्छन्। ९० प्रतिशत उनीहरूको पहुँच बाहिरै रहन्छ। राजनीतिक दलका लागि निर्वाचन सुबैभन्दा खर्चिलो समय हो।  आजको नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved