काम छाडेर ठेकेदार बेपत्ता, स्वास्थ्य क्षेत्रका भवन निर्माण अलपत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 09, 2017 | 05:12:16 AM मा प्रकाशित


काठमाडौं । सहरी विकास तथा भवन निर्माण अन्तर्गतको स्वास्थ्य क्षेत्रका भवन क्षेत्रको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन्। यसरी भाग्नेमा पूर्वमन्त्री विकास पाण्डे सञ्‍चालक रहेको कम्पनीसमेत छ।

यी कम्पनीले ३० वटा भवन निर्माणको ठेक्का लिएका थिए। १ सय ३० वटा रुग्ण आयोजनामध्य ३० वटा आयोजनाका ठेकेदार भागेका हुन्। विभागअन्तर्गत देशभर ३५ वटा डिभिजन कार्यालय छन्। तर ती कार्यालयको नेतृत्व गरेका कर्मचारीको फितलो अनुगमन र व्यवस्थापनले कुनै पनि आयोजना समयमै सकिएको छैन।

१ वर्षभित्र निर्माण सकिसक्नुपर्ने यी भवन निर्माणको काम अहिलेसम्म सकिएको छैन। ९ वर्ष पहिलेका सम्झौता अहिलेसम्म पनि कार्यान्वयन भएको छैन। १ सय ३० कम्पनीले ०६५ देखि ०६९ बीचमा १ वर्षमा निर्माण सम्पन्न गर्ने भनेर ठेक्का लिएको आजको नागरिक दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved