अन्तिम समयमा टिकट बुकिङ खुला गरेर मनोमानी भाडा असुल्ने व्यवसायीको योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 09, 2017 | 05:59:27 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ । दसैँ, तिहारको अवसरमा मनोमानी भाडा असुल्ने र कोचाकोच यात्रु भर्ने दाउमा यातायात व्यवसायीले अहिलेसम्म बसको अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । अन्तिम समयमा टिकट बुकिङ खुला गरेर मनोमानी पैसा असुल्ने योजनामा व्यवसायी लागेको यातायात व्यवस्था विभागले जनाएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन र बसमा क्यारियर ९छत० राख्न पाउनु पर्ने माग गर्दै आएको थियो । यिनै माग पूरा नभएको बाहनामा महासङ्घले अन्तिममा टिकट खुलाएर भीड बढाउने र जति भन्यो त्यति पैसा यात्रुलाई तिर्न बाध्य बनाउने योजनामा व्यवसायी लागेको विभागको आरोप छ । 

महासङ्घका मागका बारेमा सहमति भई कार्यान्वयनका लागि काम भइरहेको विभागले जनाएको छ । सहमति भएर प्रक्रिया अघि बढिसकेपछि पनि अग्रिम टिकट बुकिङ खुला नगरिनु व्यवसायीको दादागिरी भएको विभागका महानिर्देशक रुपनारायण भट्टराईको भनाइ छ, उहाँले भन्नुभयो । उनीहरूले नियतवश भाडा बढाउन खोजिरहेका छन, हामी तत्काल बढाउँदैनौँ भाडा समायोजनको विषयमा कार्यदलले काम गरिरहेको छ त्यस अनुसार समायोजन हुन्छ, प्रक्रिया अघि बढेको छ तर पनि टिकट खुला नगर्नुमा उहाँहरूको ‘इन्टरेस्ट’ अर्कै छ जस्तो देखिन्छ । तष्पभत(दययपष्लन

महानिर्देशक भट्टराईका अनुसार क्यारियर ९छत० राख्न पाउनुपर्ने मागको सवालमा पनि कानुन मन्त्रालयलगायतको अनुमतिका लागि पहल भएको छ । उहाँले भन्नुभयो, नियमावली संशोधन गर्नुपर्छ त्यसको लामो प्रक्रिया हुन्छ, संशोधन गर्ने कुरामा सहमत छौँ तर दसैँ, तिहारको अवसरमा छतमा सामान राखेको भेटिएमा कारबाही नगर्ने भनेर हामीले खुकुलो पारिदिएका छौँ । 

महासङ्घको माग अनुसार हालका लागि क्यारियर राख्न पाइने नै भएको छ । यदि छतमा सामान राखेमा हाललाई कारबाही नगरिने पनि व्यवस्था भएको छ तर महासङ्घले भने सरकारले चाहेमा एकै दिनमा क्यारियर राख्ने व्यवस्था गर्न सक्ने भन्दै टिकट खुला गर्न मानिरहेको छैन । महासङ्घका अध्यक्ष डोलनाथ खनालले भन्नुभयो, सरकारले सहमति कार्यान्वयन गरेको छैन, भदौ २१ गतेभित्र क्यारियर ९छत० राख्ने व्यवस्था गरिदिन्छौँ भनेर सहमति भएको थियो तर अहिलेसम्म भएन, क्यारिरै राख्न नपाएपछि यात्रुका भिटीझाम्टा कहाँ राख्ने, अहिले सरकारले बसका क्यारियर झिकी रहेको छ । क्यारियर राख्न नपाउँदासम्म अग्रिम टिकट खोलेर कामै छैन झन् भीड बड्छ, खनालको भनाइ छ । 

सरकार र यातायात व्यवसायीबीचको विवादका कारण दसैँमा यात्रुलाई समस्या हुने देखिएको छ । अन्तिम समयमा जति भाडा मागे पनि दिनुपर्ने बाध्यतामा यात्रुहरूलाई पु¥याउने काम भएको छ । विभागले मागका बारेमा प्रक्रिया अघि बढिरहेको जनाएको छ भने महासङ्घले तत्काल निर्णय गर्नुपर्ने जनाएको छ । नियमावली संशोधन एकै दिनमा गर्न सकिने, अध्यक्ष खनालको भनाइ छ । 

भदौ १५ गतेदेखि टिकट बुकिङ खुला गर्ने भनिए पनि हालसम्म खुला नहुँदा टिकट लिन बसपार्क पुगेका सर्वसाधारण त्यसै फर्किएका छन् । भदौ १६ गते यातायात व्यवसायी र यातायात व्यवस्था विभागले २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेका थिए । तर व्यवसायीहरूले २२ गते पनि खुलाएका छैनन् । कुन दिन खुल्छ भन्ने जानकारी पनि नदिइए आजको गोरखापत्रमा खबर छ । 

उता, यातायात व्यवस्था विभागले मागका बारेमा काम भइरहेको जनाए पनि यस विषयमा स्वयं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भने बेखबर छ । क्यारियर राख्नु पाउनुपर्ने व्यवस्था गर्न नियमावली संशोधन गर्नुपर्छ त्यसका लागि मन्त्रलायले क्याबिनेटमा लैजानुपर्छ तर मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भन्नुभयो, मन्त्रालयमा कुनै डकुमेन्ट आएको छैन, के भइरहेको छ थाहा भएन । 

शुक्रबार पनि यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुला गर्न महासङ्घलाई लिखित आग्रह गरेको छ । यदि अग्रिम बुकिङ खुला नगरिए कारबाहीको प्रक्रियामा पनि जान सकिने विभागले जनाएको छ । महानिर्देशक भट्टराईको भनाइ छ यसका बारेमा हामी वैकल्पिक तयारी पनि गर्दैछौँ ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved