आधा करोड सक्न डेढ दर्जन कर्मचारीको विदेश भ्रमण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 10, 2017 | 04:32:16 AM मा प्रकाशित


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रूपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ। 

‘जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार पनि मेरो प्राथमिकता हो,’ भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, ईन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका हुन्। ती मध्ये केही जाने तयारीमा छन्। केही विदेश घुम्दैछन् भने केही घुमेर फर्किसकेको आजको नागरिक दैनिकमा खबर छापिएको छ 

सम्बद्ध विभागको सिफारिसको आधारमा महाप्रवन्धक कंशाकारले ती कर्मचारीलाई स्वीकृति दिएका हुन्। उनीहरूको आतेजाते हवाई टिकट, होटलमा बास बस्न र खाना, दैनिक भत्ता, यातायात खर्च निगमले बेहोरोको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved