पाँच बुँदे सहमती पछि आजबाट फोहोर उठने, के भए सहमतीमा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 10, 2017 | 04:45:53 AM मा प्रकाशित


ललितपुर । उपत्यकामा साता दिनदेखि थुप्रिएको फोहोर आइतबार उठ्ने भएको छ। ललितपुर, काठमाडौं महानगरपालिका र ओखरपौवाका स्थानीयबासीबीच ५ बुँदे सहमतिपछि फोहोरमाथिको अवरोध हटेको हो। स्थानीयवासीसँग सिसडोल ल्याण्ड फिल्ड साइटबाट प्रभावित क्षेत्रमा दुर्गन्ध नफैलिने गरी केमिकल नियमित हाल्ने, फोहोरलाई व्यवस्थित तरिकाले बिसर्जन गरी माटोले पुर्ने, स्थानीयबासी बिरामी परेमा काठमाडौंको अस्पतालसम्म पुर्‍याउन चार महिनाभित्रमा नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने सहमति भएको ललितपुर महानगरपालिकाले जनाएको छ । 

फोहोरमैलाको व्यवस्थापन गर्न स्थानीयस्तरमा अधिकार सम्पन्न समिति बनाउने र समितिले मुआब्जालगायत अन्य मागबारेमा सम्बोधन गर्ने, सरकारले छुट्याएका मुआब्जा तत्काल विरतण गर्ने र काठमाडौं–ओखरपौवा सडकका खाल्डाखुल्डी पुर्नुपर्ने सहमति भएको हो। ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले विदेश भ्रमणमा रहेका ललितपुर महानगरपालिका मेयर स्वदेश फर्केपछि उनलाई जानकारी गराइ तत्काल सहमति कार्यान्व्यनतर्फ अगाडी बढ्ने बताएको आजको कान्तिपुर दैनिकमा खबर छ  । ‘

मेयर सर शनिबार बेलुका आइपुग्नु हुन्छ,’ उनले भने, ‘त्यसपछि तत्काल ओखरपौवा, ललितपुर र काठमाडौं महानगरपालिकाका निर्वाचित प्रतिनिधिलाई बोलाएर बैठक राखिनेछ।’

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved