कन्सल्टेन्सीको फटाइ, एमबीबीएसका दुई सय विद्यार्थी बंगलादेशमा अलपत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 10, 2017 | 05:13:49 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्दारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ ।

नेपालबाट मेडिकल शिक्षा अध्ययन गर्नका लागि ठूलो संख्यामा विद्यार्थीहरु बंगलादेश जाने गरेका छन् । नेपालमा एमबीबीएस सिट कटौती भएको मौका छोपी विभिन्न कन्सल्टेन्सीले सिट संख्याभन्दा बढी विद्यार्थी पठाउँदा समस्या देखिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

‘बंगलादेशमा कति विद्यार्थी अलपत्र परेका छन् भन्ने दूतावासले जानकारी दिएको छैन । विद्यार्थी सम्पर्कमा आउने क्रम जारी छ । अहिले प्राप्त जानकारीअनुसार, दुई सयको हाराहारीमा एमबीबीएस अध्ययनका लागि गएका विद्यार्थी अलपत्र परेका छन्’, काउन्सिलका रजिष्टार डा। दिलीप शर्माले भने ।

बंगलादेशका ५० मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना भएको मेडिकल काउन्सिलले जनाएको छ भन्दै नयाँ पत्रिका दैनिकले खबर लेखेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved