स्थानीय तहका लागि ३ अर्बको गाडी !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 12, 2017 | 05:30:36 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं  । सरकारले सबै स्थानीय तहलाई गाडी उपलब्ध गराउने भएको छ, जसका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुनेछ। स्थानीय विकास मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई गाडी उपलब्ध गराउन लागेको हो। मन्त्रालयले स्थानीय तहलाई फोर ह्विल (फोर डब्ल्यु डी) गाडी उपलब्ध गराउने मापदण्ड तोकेको छ। 

बजारमा फोर ह्विल गाडीको न्यूनतम मूल्य ३० लाख रुपैयाँ पर्छ। मन्त्रालयका समिव दिनेशकुमार थपलियाले उपमहानगरपालिका र पुराना नगरपालिकालाई तीनवटा, नयाँ नगरपालिकालाई २ वटा र गाउँपालिकालाई कम्तिमा एउटा गाडी उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। उपमहानगरपालिका १३ वटा छन् भने पुराना नगरपालिका १९१ वटा थिए। 

यस हिसाबले मन्त्रालयले तोकेको मापदण्डअनुसार स्थानीय तहलाई उपलब्ध गराउन एक हजारको हाराहारीमा गाडी चाहिन्छ। स्थानीय तहलाई सकेसम्म चाँडो गाडी उपलब्ध गराउने गरी अर्थ मन्त्रालयसँग बजेट निकासाका लागि प्रस्ताव लैजान लागिएको स्थानीय विकास मन्त्रालयले जनाएको आजको नागरिक दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved