भारतीय सेनाको लेफ्टिनेन्ट जनरलको नेतृत्वमा तीन सैनिक नेपाल आउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 04:21:32 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको गणस्तरको संयुक्त अभ्यास सूर्यकिरण–बाह्रौँ संस्करणको अवलोकन एवं समापन समारोहमा सहभागी हुन भारतीय सेनाको लेफ्टिनेन्ट जनरल जगदीपकुमार शर्माको नेतृत्वमा तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने भएको छ । 

उक्त उच्च तहको सैनिक टोलीले हाल सञ्चालन भई रहेको संयुक्त अभ्यासको अवलोकन गर्ने र यही भदौ ३१ गते हुने समापन समारोहमा समेत सहभागी हुने जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त सैनिक टोली आगामी असोज १ गते स्वदेश फर्कन बताइएको छ । 

यस अभ्यासबाट दुवै देशका सैनिकहरु बीच सयुंक्त रुपमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादसम्बन्धी युद्धकलाको साथै बिपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved