पूर्व गुहमन्त्री समेत बनेका निधिलाई आफनै गृहनगर जोगाउन धौधौ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 05:10:57 AM मा प्रकाशित

laxmi  sunrise bank

धनुषा ।  नेपाली कांग्रेसको शीर्ष नेतृत्व यतिबेला चुनावी प्रचारका लागि मधेसमा छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेसमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुँदा एमालेप्रति आक्रामक देखिन्छन्। सभापति देउवाका विश्वास पात्र नेताको रुपमा चिनिएका निधिले टिकट वितरणदेखि अन्य भूमिकामा हावी भएपछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै विरोध गरेका थिए। तर निधिले पार्टीको दुई नम्बर भेलामा यस प्रदेशबाट कांग्रेसले सय सिट जित्ने दाबी गरेका थिए।

चुनावी प्रचारका लागि धनुषामा रहँदा २ दिनअगाडि मात्र निधिले धनुषासहित मधेसमा कांग्रेसप्रति जनलहर बढेको दाबी गरेका थिए। उनले मधेसबाट एमाले बढारिने दावी समेत गरे। तर, नेता निधिको गृहनगर रहेको धनुषाको नगराईन नगरपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा छ। गराईन बजारका पुराना चिया पसलले सवीर अन्सारी आफू कांग्रेस कार्यकर्ता रहेको बताउँछन्। तर, अहिले यस नगरपालिकामा एमाले अगाडि देखिएको उनले बताए। 

धनुषा जिल्लाको दक्षणी भेगमा रहेको यो नगरपालिका भारतीय नाका जटहीसंग जोडिएको छ। संविधानसभाको दोस्रो निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट निधिलाई एमाले नेतृ जुली महासेठले कडा टक्कर दिएकी थिइन्। १२ सय मतान्तरले मात्रै जितेका निधिले आफनो गृहनगरमा मेयर जिताउन सक्लान् कि नसक्लान्, अहिले नगरमा चर्चा भएको आजको अन्नपूणैपोष्टमा खबर  छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved