खुल्यो रहस्य, काठमाडौंमा मोटरसाइकल चोर पक्राउ नपर्र्नुको कारण यस्तो छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2017 | 05:19:40 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । सोह्रखुट्टेका शेखर प्रधानको बा ४६ प ९७२९ नम्बरको मोटरसाइकल गत वर्ष कात्तिकमा लगनखेलमा पार्किङ गरेकै ठाउँबाट हरायो। भाइटीकाको दिन दिदीको घर जाँदा लक गरी राखेको बाइक हराएको थियो। उनले तत्काल खोजी गरे। तर भेटेनन्।  

सोही मोटरसाइकल केही दिनअघि भेटियो बा ४० प ८६ नम्बर प्लेटमा। महानगरीय ट्राफिक प्रहरी कार्यालयले हराएका सवारी साधन खोजी टोलीले ललितपुरबाटै उक्त मोटरसाइकल फेला पार्‍यो। शुक्रबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय परिसरमा आफ्ना सवारी साधन बुझ्न पुगेका प्रधान मख्ख थिए। मोटरसाइकल त भेटियो तर थोत्रै बनाएको रहेछु उनी भन्दै थिए। उनी यस मानेमा भाग्यमानी हुन् कि चोरी भएको मोटरसाइकल हत्तपत्त भेटिदैन।  

काठमाडौं उपत्यकामा पछिल्लो समय मोटरसाइङ्कल हराउने क्रम बढ्दो छ। गत आर्थिक वर्ष महानगरीय ट्राफिक प्रहरीमा मोटरसाइकल हराएको भन्दै १ हजार १४ वटा निवेदन परेको थियो। प्रहरीले चोरी भएका १ सय ८३ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझायो। चालु आर्थिक वर्षमा मोटरसाइकल हराएको भन्दै दुई सय ४५ वठा निवेदन आइसकेको छ। प्रहरीले यसबीचमा चोरी भएका ३८ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

आर्थिक वर्ष २०७२र७३ मा पाँच सय ४४ वटा मोटरसाइकल हराएकोबाररे निवेदन परेकामा उक्त आर्थिक वर्ष एक सय १३ वटा चोरीका मोटरासइकल फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाइएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  

पछिल्लो तीन आर्थिक वर्षमा महानगरीय ट्राफिक प्रहरी कार्यालयले चोरीका २ सय ३४ वटा बाइक फेला पारी सम्बन्धित सवारीधनीलाई बुझायो। तर यसमा २८ जनामात्रै चोरी आरोपमा पक्राउ परे। प्रहरीका अनुसार चोर फेला नपर्ने धेरै कारण छन्। हराएका नम्बर प्लेट परिवर्तन नगरिएका मोटरसाइकललाई चालकविना पनि प्रहरीले नियन्त्रणमा लिन्छ। कहिलेकाहीँ चालक पनि पक्राउ पर्छन्। ुधेरै घटनामा चोरबाट सस्तोमा किनेकाहरु समातिन्छन्। 

उनीहरुलाई चोरीको मोटरसाइकल भन्ने थाहा पनि हुन्न। किनभने नक्कली ब्लुबुक दिइएको हुन्छ। चोरहरु पछि नामसारी गरौं भन्दै फरार हुँदा रहेछन्ु प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले भनेको आजको अन्नपूर्णपोष्टमा खबर ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved