सामुदायिक विद्यालयमा नतिजा राम्रो नआनुको कारण शिक्षक को योग्यता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2017 | 05:35:15 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  सामुदायिक विद्यालयको स्वीकृत एक लाख सात हजार दरबन्दीमा प्रतिस्पर्धाबाट शिक्षक छनोट भइदिएको भए गुणस्तरको प्रश्न सायदै उठ्थ्यो। किनभने शिक्षक सेवा आयोगको लिखित र मौखिक परीक्षा उत्तीर्ण नभई शिक्षक हुनै पाइदैनथ्यो। 

प्रतिस्पर्धाका आधारमा जसको बढी नम्बर आयो, उसैलाई सिफारिस गरिन्थ्यो। एक लाख सात हजार दरबन्दीमध्ये ३० हजार एक सय १२ शिक्षकले मात्रै आयोगको परीक्षा पास गरेका छन्। २६ हजार एक सय ५१ अस्थायी शिक्षक छन्। अन्य ५० हजार सात सय ३७ शिक्षक विभिन्न तरिकाबाट स्थायी भए हुन्। ०४८ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा एक वर्ष काम गरेका करिब २० हजार अस्थायी शिक्षक स्थायी भएका थिए।

सामुदायिक विद्यालयमामा जति लगानी भए पनि नतिजा राम्रो नआनुको कारण स्तरीय शिक्षक नहुनु हो। ‘जति स्वीकृत दरबन्दी छ, त्यसमा आयोगले लिएको परीक्षाबाट सिफारिस भएका मात्रै शिक्षक बन्ने हो भने गुणस्तरले फड्का् मार्न सक्छ’, आयोगका अध्यक्ष ताना गौतमले भने, ‘ अहिले जति पुगेका छन्, तिनबाट पनि सुधारको छनक त देखिएको छ।’ कक्षा १० को एसईई परीक्षाको नतिजा र शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर केन्द्र (ईआरओ) को नतिजा सार्वजजिक भएपछि हरेक वर्ष सामुदायिक विद्यालयको गुणस्तरको प्रश्न उठ्ने गरेको छ। ईआरको पछिल्लो नतिजाअनुसार यस्ता विद्यालयको सिकाइ उपलब्धि ४६  पनि कटेको छैन। 

कक्षा ३ मा नेपाली विषयको सिकाइ उपलब्धि निजी विद्यालयमा औसत ६७ छ भने सामुदायिकको ४६ मात्रै छ। गणितमा निजीको ५४ हुँदा सामुदायिकमा ४१ मात्रै छ। कक्षा ५ मापनि कक्षा ३ कै जस्तो हालत छ। गणितमा निजी विद्यालयको सिकाइ उपलब्धि औसत ६१ हुँदा सामुदायिकमा ४५ मात्रै छ। नेपालीमा पनि निजीकै विद्यार्थीको सिकाइ राम्रो छ। निजीको उपलब्धि ६७ हुँदा सामुदायिक विद्यालयका विद्यार्थीको नेपाली विषयमा ४३ मात्रै छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved