१५ करोडमा ५ ब्रुमर, हट्ने भयो काठमाडौंको धुलो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2017 | 05:53:14 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं । काठमाडौं महानगरपालिकाकाले सडकको धुलो सफा गर्न प्रयोग गरिने ब्रुमर गरिने ब्रुमर मेसिन खरिद प्रक्रिया अघि बढाएको छ। 

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ब्रुमर खरिदका लागि टेण्डर आह्वान गरिएको बताए। कार्कीका अनुसार ६ वटा कम्पनीले ब्रुमर खरिदका लागि आवेदन दिएका छन्। उनले महानगरपालिकाबाट माग भएबमोजिमको ब्रुमर ल्याउनसक्ने कम्पनीबारे अध्ययन भइरहेको आजको कान्तिपुर

 दैनिकमा खबर छ । यसका लागि ३ सदस्यीय इन्जिनियरको कार्यदल गठन गरिएको छ। हाल राजधानीको सडकबाट उड्ने धुलोकाका कारण सर्वसाधारणले सास्ती खेप्नुपरिरहेको छ। २० वर्षपछि जननिर्वाचित प्रमुख आएर तीन महिनाभन्दा बढी काम गरिसकेका भए पनि धुलो धुँवा नियन्त्रणमा उल्लेख्य प्रगति भएको छैन।  

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सममेलन गर्दा ब्रुमर खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएका थिए। ब्रुमर खरिदका लागि सरकारले महानगरलाई ९ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved