गहना पसलेले नै यसरी गर्छन सुनको तस्कर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2017 | 06:00:54 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं । चीनबाट संगठित रूपमा हुने सुनको तस्करीमा काठमाडौंका सुन पसलेहृ नै संलग्न  हुने गरेको खुलासा भएको छ। न्युरोडमा सुन पसल सञ्चालन गर्ने रमेश खड्काले भारतसम्म पुर्याएर तस्करी गर्दै आएको खुलेपछि उनी भारत भागेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १४ भदौमा १५ केजी सुनसहित सात जनालाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उक्त सुनको मुख्य लगानीकर्ता खड्का भएको खुलेको थियो। सुनसहित पक्राउ परेका सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पाले खड्काको मुख्य लगानी र उनका सहयोगी सिन्धुपाल्चोकका राजकुमार पौडेल भएको बताएका थिए। 

पौडेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष हुन्। उनी पनि फरार छन्। सीआइबी स्रोतका अनुसार खड्का चीनबाट आएको सुन राजधानीकै सुन पसलमा बिक्री गर्थे। काठमाडौंमा भण्डारण गरी न्यूरोडलगायत क्षेत्रका पसलमा तस्करीको सुन बिक्री गर्दै आएका थिए। उनले सुन बिक्री गर्ने पसलमाथि पनि प्रहरीले निगरानी बढाएको छ। 

केही सुन भारतसम्म पनि पुर्‍याउने गरेका थिए, खड्काले। सुन ओसारपसारको जिम्मा लिएका पेम्बासहित दीपेन्द्र थापा, सरोज थापा, विष्णु गौतम, राजेन्द्र खत्री, रविन खत्री र दीपकुमार साहलाई सीबीआईले पक्राउ गरेको छ। 

उनीहरू सबै सुन ओसारपसारमा प्रयोग गरिने वाहक मात्र हुन्। प्रहरीले उनीहरूलाई संगठित मुद्दामा थुनामा राखी कारबाही अघि बढाएको आजको नयाँ पत्रिकामा खबर छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved