दर्जनौँ विधेयक अलपत्र छाडेर सभामुख विदेश भ्रमणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 05:05:43 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  संसद्को आयु झन्डै एक महिना मात्र बाँकी रहँदा दर्जनौं विधेयक पारित गर्नुपर्ने जिम्मेवारीबाट पन्छिँदै सभामुख ओनसरी घर्तीमगर विदेश भ्रमणको तयारीमा जुटेकी छन्। सभामुख घर्ती असोज पहिलो साता चीन र तेस्रो सातादेखि श्रीलंका भ्रमणमा जान लागेकी हुन्। 

श्रीलंकापछि असोज २८ देखि अन्तरव्यवस्थापिका संघ (आईपीयू) को बैठकमा भाग लिन उनी रुस जाने मनस्थितिमा रहेको संसद् सचिवालयले जनाएको छ। 

असोज ३ गते संसद् दिवसका दिन सार्वजनिक बिदा हुने भए पनि सभामुख घर्तीले भोलिपल्ट चीन भ्रमणमा जाने भएपछि सार्वजनिक बिदाकै दिन संसद् बैठक बोलाएकी छन्। ‘सभामुखज्यू ४ गते चीन भ्रमणमा जाने निश्चित भएको छ,ु सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने। २ नम्बर प्रदेशमा २ गते स्थानीय तहको निर्वाचन र अन्य जिल्लाका सांसद जिल्ला भ्रमणमा रहेकाले सभामुख घर्तीले संविधान दिवसका दिन (असोज ३ गते ) बैठक बोलाएकोमा सांसदहरू रुष्ट छन्। ‘मधेसका सांसद स्थानीय तहको निर्वाचनमा सक्रिय छौं, सबै जना ३ गते नै संसद्मा आउने सम्भावना न्यून छ,ु कांग्रेस सांसद किरण यादवले भनिन्। भदौ २३ गते एकैदिन तीनवटा बैठक राख्दा पनि कोरम नपुगेपछि सभामुख घर्तीले असोज ३ गतेलाई सारेकी थिइन्। तर, स्थानीय तह निर्वाचनका लागि मधेसमा रहेका सांसद उपस्थित नभए ३ गते कोरम पुग्न कठिन भएको आजको अन्नपूणैपोष्टमा खबर छ। 

थारू आयोग, मुस्लिम आयोग गठनलगायत संघीयता कार्यान्वयनसम्बन्धी विधेयक संसद्मा कोरम नपुगेपछि भदौ २३ गते पारित हुन सकेका थिएनन्। असोज पहिलो साता चीन र तेस्रो सातादेखि श्रीलंका भ्रमणमा जान लागेकी सभामुखले असोज २८ देखि रुस जाने मनस्थिति बनाएकी छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved