हजारौं दर्शकहरुबाट घेरिए नेपाल आइडलका प्रतियोगी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 05:12:18 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । नेपाल आइडलका प्रतियोगीलाई हेर्न र सुन्न न कसैलाई गर्मीले छेकेको छ न त वर्षाले नै । एपीवान एचडी टेलिभिजनबाट प्रसारित सर्वाधिक रुचाइएको यस प्रतियोगितामा उत्कृष्ट तीनमा परेका प्रतियोगी जहाँ(जहाँ पुग्छन् हजारौं भीडले पछ्याइरहेको छ । केही दिनअघि बुद्ध लामा, प्रताप दास र निशान भट्टराई आआफ्नो गृहनगर पुगेका बेला हजारौं दर्शक सहभागी भई हौसला दिएका थिए ।

राजधानीको टुँडिखेलमा शनिबार आयोजित ‘नेपाल आइडल टप ३ कन्टेस्टेन्ट फ्री कन्सर्ट’मा बुद्ध, प्रताप र निशानलाई हेर्न र सुन्न यति धेरै दर्शक पुगेका थिए कि कार्यक्रमस्थलमा प्रवेश गर्न र निस्कन हम्मेहम्मे भएको थियो । ‘टुँडिखेलमा यति धेरै मान्छे मैले यसअघि देखेको थिइनँ’, कार्यक्रम हेर्न पुगेका अनामनगरका गंगा श्रेष्ठले भनिन् ।

नेपाल सांगीतिक संघ र साधना कला केन्द्रको आयोजना एवं संयोजनमा भएको कार्यक्रममा निशानले ‘जसो गर जे गर’ र ‘तुलसी आँगनमा रोपौंला’ बोलको गीत गाए । त्यसैगरी, प्रतापले ‘गर्ल फ्रेन्ड’ र ‘मोटरसाइकल’ अनि बुद्धले ‘अरे क्यानम’ र ‘संस्कृति’ बोलको गीत प्रस्तुत गरे । नेपाल आइडलमा सहभागी भएपछि पहिलोपटक राजधानीका दर्शकमाझ प्रत्यक्ष रूपमा गीत गाउने र भोट माग्ने अवसर पाएका तीनै प्रतियोगीले आआफ्ना फ्यानलाई भोटका लागि आग्रह पनि गरेका आजको अन्नपूर्णपोष्टमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved