पशुपतिमा भेटियो अनौठो चिज, लिच्छविकालिन अभिलेख भएको दावी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 05:05:13 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । पाशुपत क्षेत्रमा तीन अलग समयमा निर्माण भएका पुरातात्विक सम्पदा फेला परेका छन्।पशुपतिनाथ मन्दिर परिसरको महास्नान घरसामुन्ने गुरुज्यू सत्तल रहेको क्षेत्रमा विज्ञ टोलीले उत्खनन गर्दा तीन अलग समयमा निर्माण भएका पर्खाल फेला परेका हुन् । पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग र बेलायतस्थित दुर्हाम विश्वविद्यालयको संयुक्त टोलीले भदौ ९ गतेदेखि गरेको उत्खनन क्रममा आइतबार तीन पुरातात्विक पर्खाल भेटिएका हुन् । करिब डेढ मिटर गहिराइमा पुग्दा उक्त सम्पदा भेटिएका हुन् ।

यसअघि सोही स्थानछेउको सडकमा ढलका लागि बाटो खन्ने क्रममा गत वर्ष डेढ मिटर गहिराइमै शिवलिंग भेटिएपछि टोलीले यस वर्ष गुरुजी सत्तलमुनि उत्खनन गरेको थियो । सत्तल ०७२ सालको भूकम्पले पूरै ध्वस्त भएको थियो । उत्खनन टोलीका संयोजक एवं पुरातत्वविद् कोषप्रसाद आचार्यले भेटिएका तीन पर्खाल तीन भिन्न समयका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

 ‘तीन फरक चरणको निर्माण फेला पारेका छौं, सबैभन्दा पुरानो लिच्छविकालभन्दा अघिको हुन सक्ने संकेत भेटिएको छ’, उनले आइतबार अन्नपूर्णसँग भने, ‘पर्खाल दायाँ(बायाँ गएको देखिन्छ, अर्को वर्षको उत्खननमा वैज्ञानिक परीक्षणपछि यकिन गर्न सकिन्छ तर पाशुपत क्षेत्रलगायत काठमाडौं उपत्यकाको बसोबासको प्राचीन सभ्यताबारे नयाँ तथ्य उद्घाटित हुनेमा आशावादी छु ।’ टोलीले यस वर्षको यो काम अब बढीमा एक साता मात्र गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved