मन्त्रीलाई नै थर्काउछन खड्काले

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 05:33:39 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । आयल निगमका प्रमुख कार्यकारी खड्का जग्गा खरिद प्रकरणमा सर्वत्र विवादित बनिरहेको बेला मन्त्रीलाई समेत थर्काउने गरेको पाइएको छ ।आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक २० भदौमा बजार अनुगमनका लागि नेपालगन्ज पुगेका थिए । सो क्रममा उनले नेपाल आयल निगमको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, विभिन्न ग्याँस डिपो तथा पेट्रोल पम्पमा समेत अनुगमन गरेका थिए । अनुगमनका क्रममा राज्यमन्त्री विकले ग्याँस डिपोमा लिकेज भएको तथा पेट्रोल पम्प मापदण्ड विपरीत चलाएको पाइएको भन्दै केहीमा सिलबन्दी र केहीलाई कागजात लिएर मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएका थिए । 

अनुगमनकै क्रममा खड्काले भने मन्त्रीसहितको अनुगमन टोलीलाई थर्काउने काम गरेका हुन् । उनले आफू आयल निगमको प्रमुख भएको भन्दै आफूलाई नसोधी किन अनुगमनमा गएको भनेर मन्त्री विकसहितको टोलीलाई थर्काउने काम गरेको स्रोतले बतायो । यसअघि, आयल निगम प्रमुख खड्काले आफूविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई समेत धम्की दिएका थिए । त्यसको चौतर्फी विरोध भएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved