३७ हजार उम्मेदवारको भविष्य बाकसमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 19, 2017 | 04:53:23 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । प्रदेश नम्बर २ का ६ हजार ६ सय २७ जना जनप्रतिनिधिका लागि सोमबार भएको स्थानीय तहको तेस्रो चरणमा निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार ३७ हजार दुई सय ३६ जना उम्मेदवारको भबिश्य बाकसमा कैद भएको छ । जनताको उत्साहजनक सहभागितामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा भएको निर्वाचनको परिणाम पाँच दिन भित्र सार्वजनिक गरिसक्ने तयारी निर्वाचन आयोगले गरेको छ । उम्मेदवारी दर्ता गराएका मध्ये आठ जना निर्विरोध निर्वाचित भएका छन् ।

एक सय ३६ वटा स्थानीय तहमा निर्वाचन गराउँदा एक अर्व ७५ करोड रुपैया खर्च भएको अनुमान छ । सो निर्वाचनमा ४५ वटा राजनीतिक दलले भाग लिएका थिए । निर्वाचनका लागि ३० लाख मतपत्र छापिएको थियो । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा निर्वाचन सुरक्षाका लागि ६५ हजार सुरक्षाकर्मी र ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको आजको अन्नपूर्णपोष्टमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved