दसैको खर्च त्रिशुलीको भेलको वालुवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 04:57:11 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं । चर्को घामको साथसाथै छिन(छिनमा हुने वर्षाको बाबजुत उज्यालो भएदेखी रात नपरुन्जेलसम्म त्रिशुली नदीको भेलसंग पौठेजोरीु, हिजोआज त्रिशुली नदी किनारमा बालुवा निकाल्ने मजदुरहरुको दैनिकि हो यो। दशै तिहार र छठ पर्व नजिकिदै गर्दा दशै खर्च जुटाउनको लागि त्रिशुली नदीको भेलबाट बालुवा निकाल्ने मजदुरहरु नदी किनारमा जताततै भेटिने गरेका छन्। खाली खुट्टा त्रिशुली नदीको बीच भागसम्म पुगेर हातैले बालुवा निकालेर आजकाल मजदुरहरुको दिन वित्ने गरेको आजको अन्नपूर्णपोष्टमा खबर छ।

 नदी र खोलाहरुमा मेसिनको प्रयोग गर्न स्थानीय प्रशासनले रोक लगाएसंगै त्रिशुली नदीको भेलसंग पौठेजोरी खेलेर बालुवा निकाल्ने मजदुरको सङ्ख्या ह्वात्तै बढेको छ। त्रिशुली नदिमा बालुवा निकाल्न स्थानीहरु भन्दा धेरै बाहिरी जिल्लाका मजदुरहरु जम्मा भएका हुन्छन।

हरेक वर्ष बर्षातको समयमा त्रिशुली नदीबाट बालुवा निकाल्नको लागि जाजरकोट, बर्दिया, खोटाङ, उदयपुर, रौतहट, मकवानपुर लगायतका जिल्लाहरुबाट मजदुरहरु आउछन्।

ठुला चाडपर्वहरु पनि नजिकिएकाले चाडपर्व मनाउने खर्च जुटाउनको लागि नदीमा बालुवा झिक्ने काम गर्न आएको मजदुरहरु बताउँछन्। सिन्धुली जिल्लाबाट बालुवा निकाल्न धादिङको बैरेनी स्थित त्रिशुली नदी किनारमा आएका ध्रुव कुमार खड्काले भने, ुचाडपर्व आइसकेको छ, घरखर्च जुटाउनको लागि अन्य काम भन्दा यो बालुवा निकाल्ने काममा धेरै कमाइ हुन्छ। त्यसैले हरेक वर्ष दशै अघि हामी त्रिशुलीमा बालुवा निकाल्न आउछौं।ु

मजदुरहरु समुह–समुह बनाएर बालुवा निकाल्ने काम गर्दछन्। एक ट्रिपर बालुवा निकाले बापत ठेकेदारहरुबाट मजदुरले ७ हजार रुपैयासम्म पाउने गरेका छन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved