तातोपानी नाका सधैँका लागि बन्द गर्ने चीनको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 21, 2017 | 05:32:18 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौ । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल सम्झौता रद्द भएको छ ।

चिनियाँ उच्चस्तरीय वार्ताटोलीले सुरक्षाको कारण देखाउँदै खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने अडान राखेको नेपाली वार्ताटोलीका एक सदस्यले बताए । यसअघि नेपालले खासा–ओलाङचुङगोला ताप्लेजुङ, खासा–रसुवागढी रसुवा र खासा–यारी हुम्ला नाका प्रयोग गर्दै आएको थियो ।,

यारी र रसुवागढी दुवै नाका खासाभन्दा पश्चिममा पर्छन् । अहिले रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आइसकेको सन्दर्भमा यी दुई नाकामा पुग्नका लागि खासा तातोपानी नाका प्रयोग गर्नै पर्दैन । त्यसो हुँदा तातोपानी नाकाबाट पूर्वको ओलाङचुङगोलाका लागि खासा नाका प्रयोग गर्न नमान्नुको अर्थ तातोपानी–खासा नाका सदाका लागि बन्द गर्ने चाहना राख्नु हो ।

चिनियाँ पक्षले यस्तो अडान राख्नुको अर्थ भूकम्पपछि बन्द रहेको खासा नाका चीन सधैँका लागि बन्द गर्न चाहन्छ भन्ने अर्थ राख्ने वार्तामा सहभागी नेपाली पक्षले बताएको छ ।

नेपाली वार्ताटोलीका अनुसार चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौताको सम्भावना तत्कालका लागि सकिएको आजको नयाँ पत्रिकामा खबर छ ।

चीनले आवश्यक ठानेमा र वार्तामा बोलाएमा नेपाल सहभागी हुने र आफ्ना कुरा राख्नेछ । त्यसबाहेक उच्चस्तरीय भेटमा पनि यो विषयलाई उठाउन सकिनेछ । साथै, खासा–ओलाङचुङगोला नाका नेपाली पक्ष वार्तामा सहमत नभएकाले तत्कालका लागि बन्द हुनेछैन । बन्द भएको घोषणा नगरे पनि भूकम्पपछि उक्त नाका सुचारु छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved