महोत्तरीको लोहारपट्टि नगरपालिकामा काँग्रेसको विजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2017 | 06:59:15 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी भएको छ । 

निर्वाचन अधिकृत लेखनाथ लुइँटेलका अनुसार लोहारपट्टि नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत प्राप्त गरी विजयी भएका हुन  । त्यस्तै, उपप्रमुखमा सोही पार्टीकी सरितादेवी शर्माले चार हजार ५९२ मत प्राप्त गरी विजयी भएका छन । 

त्यसैगरी, प्रतिद्वन्द्वीका रुपमा प्रमुखमा राजपाका अब्दुल कवारी दुई हजार ९२९ र उपप्रमुखमा राजपाकै निशा साहले तीन हजार १०३ मत प्राप्त गरेकी थिइन  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved