सात प्रादेशिक र केन्द्रीय सरकार एमालेले बनाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2017 | 05:00:05 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले प्रदेश २ को स्थानीय तह चुनावमा सोचेजस्तो सफलता नपाए पनि मतका हिसाबले सन्तोषजनक अवस्था रहेको उल्लेख गर्दै मंसिरको चुनावमा ७ वटै प्रदेश र केन्द्रमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेको कान्तिपुरमा खबर छ ।

झन्डै एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले अबको निर्वाचनबाट सातवटै प्रदेश र केन्द्रमा पनि एमाले नेतृत्वको सरकार बन्ने ठोकुवा गरे । स्थानीय चुनावको समग्र परिणाममा पार्टी पहिलो भएको उल्लेख गर्दै यही जनमतको आडमा मंसिरको चुनावमा सफलता हासिल गर्ने उनले उल्लेख गरे ।

‘सत्ताको दुरुपयोग, षड्यन्त्रलगायत कारण प्रदेश २ को परिणाम यस्तो आए पनि समग्रमा एमालेको मत राम्रो छ, आउँदा चुनावमा हामी त्यहाँ जित्छौं,’ ओलीले भने, ‘राष्ट्रिय स्वाधीनताको पक्षमा हामीले लिएको अडान ठीक रहेछ भन्ने चुनावले पनि पुष्टि गरेको छ ।’ स्थानीय चुनावको समग्र परिणामले पार्टीलाई उत्साहित बनाएको उल्लेख गर्दै ओलीले आम घेराबन्दीको बीचमा आएको परिणाम राम्रो भएको उल्लेख गरे । उनले नवौं महाधिवेशनले पास गरेको नीति र सिद्धान्तकै जगमा पार्टीले काम गरिरहको र त्यहीअनुसारको चुनावी परिणाम हासिल गरेको बताए । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved