कांग्रेसको विजय र्‌‍यालीमा एमालेको आक्रमण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 04:56:50 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जितेपछि नेपाली कांग्रेसले निकालेका र्यालीमा एमाले कार्यकर्ताले आक्रमण गर्दा चारजना घाईते भएका छन् । घाईते सबै कांग्रेस कार्यकर्ता हुन् । 

बृन्दावन नगरको मेयर पदमा रामस्नेही यादव र उपमेयरमा नुरजहाँ खातुन निर्वाचित भएको घोषणा शुक्रबार साँझ भएको थियो । 

शनिबार विहान कांग्रेस कार्यकर्ता र्यालीसहित यादवको घर क्षेत्र विश्रामपुरतर्फ जानेक्रममा हर्षाहाटो लमा एमाले कार्यकर्ताले आक्रमण गरेका थिए । 

समान्य विवाद झडपमा परिणत भएको थियो ।

बाँसको भाटासहित घरेलु हतियार बोकेका एमाले कार्यकर्ताको आक्रमणबाट शेख खैरुल्लाह, शेर हेमराजुल, शेख जाहिर मोहम्मद सैमुल्लाह घाईते भएका छन् ।,आजको नागरिकमा   खबर  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved