२८ बर्षीय मन्टु पूर्वसांसदलाई हराउदै मेयरमा विजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 05:09:22 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । पूर्वसांसदलाई पछार्दै २८ बर्षीय दीपनारायण रौनियार मन्टुले पर्साको दोस्रो सदरमुकामका रुपमा परिचित पोखरिया नगरपालिकाको मेयर जितेका छन् ।

पोखरीया नगरपालिकाको चुनावी मैदानमा उत्रिएका पूर्वसांसद एवं संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रधुमन चौहान र पूर्वसभासद एवं कांग्रेसका उममेदवार रामेश्वर रौनियारलाई हराउदै नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मन्टु मेयरमा विजयी भएका हुन् ।

फोरम नेपालका उम्मेदवार चौहान ०६४ सालको पिहिलो संविधानसभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर ४ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

चौहान गत जेठमा मात्रै मधेस आन्दोलनको माग पूरा गर्न एमाले बाधक देखिएको भन्दै पार्टी परित्याग गरेर फोरम नेपालमा प्रवेश गरेका थिए ।

पोखरीया नगारपालिकाको उपमेयरमा भने पत्रकारिता पेसा छाडेर भर्खरै राजनीतिमा प्रवेश गरेकी मुस्लिम समुदायकी ३० बर्षीया महिला सलमा खातुन विजयी भएकी छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved