पर्यटनमन्त्री र सहसचिवबीच यस्तो विवाद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2017 | 06:03:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सोधिएको स्पष्टीकरणका विषयलाई लिएर पर्यटन मन्त्री जितेन्द्रनारायण देव र मन्त्रालयका सहसचिव सुरेश आचार्यबीच विवाद उत्पन्न भएको छ । मन्त्रालयका सचिव महेश्वर न्यौपाने चीन भ्रमणमा गएका बेला निमित्त सचिवको कार्यभार पाएका आचार्यले मन्त्री देवको निर्देशनमा गौतमलाई स्पष्टीकरण सोधेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय निर्णयअनुसार तत्कालीन निमित्त सचिव आचार्यले प्राधिकरणका महानिर्देशक गौतमलाई ११बुँदे स्पष्टीकरण सोधेका थिए । भदौ २७ गतेको मन्त्रिस्तरीय निर्णयबमोजिम गौतमलाई पदबाट हटाउने नियतले स्पष्टीकरण पत्र थमाइएको थियो ।  

मन्त्री देवले करार सम्झौताअनुसार सन्तोषजनक काम गर्न नसकेको विषयमा केन्द्रित भई गौतमलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको तर तत्कालीन निमित्त सचिव आचार्यले त्यसबाहेक केही विषय राखेर पत्र काटेकोे भन्दै पर्यटन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेको छ । मन्त्रीस्तरीय निर्णयभन्दा बाहिर गएर गौतमलाई स्पष्टीकरण सोधेको भन्दै असोज ४ गतेको अर्को मन्त्री स्तरीय निर्णयअनुसार तत्कालीन निमित्त सचिव आचार्यलाई उल्टै स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिबाट यो यो प्रकरणले मन्त्री र आचार्य ९हाल सहसचिव० बीच विवाद सिर्जना गरेको स्पष्ट बुझिन्छ ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले यस मन्त्रालयका सचिवसँग गरेको ३०बुँदे सम्झौताबमोजिम सन्तोषजनक कार्यसम्पादन स्तर हासिल गर्न नसकेको विषयमा केन्द्रित भई स्पष्टीकरण सोध्ने निर्णय भएको हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘उक्त कार्यसम्पादन सम्झौताभन्दा बाहेकका केही विषय स्पष्टीकरणपत्रमा परेका हुनाले तत्कालीन निमित्त सचिव आचार्यलाई असोज ४ गतेको मन्त्रिस्तरीय निर्णयबाट स्पष्टीकरण सोधिसकिएको छ ।’

आचार्यलाई स्पष्टीकरण सोधिए पनि हाल उनी चेक गणतन्त्रमा छन् । केही समयअघि लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त गोमा एयरको जहाजको ‘ब्ल्याक बक्स’ लिएर उनी चेक गणतन्त्र गएका हुन् । दुर्घटना छानबिन आयोगका सदस्यसचिवसमेत रहेका सहसचिव आचार्य र अध्यक्ष त्रिरत्न मानन्धर सँगै छन् । आचार्यले स्पष्टीकरणको जबाफ फर्केर आएपछि दिनेछन् । ‘गौतमलाई स्पष्टीकरण सोध्ने तत्कालीन निमित्त सचिव आचार्यलाई नै स्पष्टीकरण सोधिनुको अर्थ गौतलाई सोधिएको स्पष्टीकरणको औचित्य पुष्टि नहुने भन्ने हो,’ मन्त्रालय उच्चस्रोतले आइतबार नागरिकसँग भन्यो, ‘यो प्रकरणले नयाँ मोड लिएको छ ।’

यो प्रकरणमा मुछिएका पर्यटन मन्त्री देवको उनकै पार्टी नेपाल लोकतान्त्रिक फोरमभित्रै पनि विरोध भएको छ । देवसँगै पार्टी अध्यक्ष तथा कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदार र उनका छोरा सुभास पनि यो प्रकरणमा मुछिएका छन् ।

‘महानिर्देशक नियुक्त भएपछि प्रत्येक साता प्रगति विवरण तयार गरी पर्यटन मन्त्रालयमा बुझाउँदै आएको छु,’ आफूलाई सोधिएको स्पष्टीकरणबारे प्राधिकरण महानिर्देशक गौतमले नागरिकसँग भने, ‘तर, मैले बुझाएको प्रगति विवरणमा मन्त्रालयले हालसम्म एकपटक पनि प्रतिक्रिया जनाएको छैन ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम तोकिएको समयमा पूरा नभएपछि प्राधिकरणले २०७३ मंसिर २४ मा ठेक्कासम्झौता रद्द गरी कालोसूचीमा राखेको स्पेनको ठेकेदार कम्पनी ‘कन्स्ट्रक्टोरा सान्जोसे एसए’ को पक्ष लिँदै पर्यटनमन्त्री देवले गत भदौ तेस्रो साता महानिर्देशक गौतमलाई ११बुँदे स्पष्टीकरण सोध्न लगाएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि सानजोसेलाई कालोसूचीमा राखेको सूचना २०७४ असार २८ मा निकालेको आजको नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved