
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरणले नेपाली राजनीतिमा नयाँ अध्यायको प्रारम्भ भएको बताएका छन् ।
मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा तीन पार्टीले आयोजना गरेको पार्टी एकीकरण र चुनावी तालमेलबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले एउटै कम्युनिष्ट पार्टी बनाएर देश र जनतामा समर्पित पार्टी बनाउन एकीकरण आवश्यक रहेको बताए ।
उनले यो एकीकरण नेपाली जनताको चाहना रहेको बताउँदै भने, एकीकरणले देशलाई आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक बाटोलाई सहीमा दिशामा लैजाने छ ।
उनले पार्टी एकीकरण मात्रै नभइ आगामी मंसिरमा हुन लागेको प्रादेशिक र प्रतिनिधिसभाको लागि चुनावी तालमेल पनि गर्न लागेको बताए । उनले तीनै पार्टीले एउटै चुनाव चिन्ह लिएर उठ्न लागेको भए पनि कानुनी जटिलताले सम्भावना नभएको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यो एकीकरण र तालमेल अन्य कुनै पार्टी विरुद्ध नभएको बताए । उनले कम्युनिष्ट पार्टी बाहेकको अन्य पार्टी पनि एकतामा सामेल हुन सक्ने बताए । उनले भने, बामपन्थी, प्रगतिशील र लोकतान्त्रिक पार्टी पनि यस एकीकरणमा सामेल हुन सक्छन् ।
उनले एकीकरणपछि भूगोल, पेशा, जात, समुदाय, धर्मबीच कुनै भेदभाव, दमन, उत्पीडन नहुने बताए । उनले भने, ुसबैलाई न्याय, अधिकार, सबैलाई अवसर र सबका लागि सुरक्षा र सबैका लागि उच्च सम्मान ल्याउन पनि एकीकरण आवश्यक थियो ।ु
उनले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि राष्ट्रिय स्वार्थ ठूलो कुरा भएकोले एकीकरण गरिएको प्रस्ट्याउँदै सन्तुलित छिमेक सम्बन्ध राखेर अघि बढ्दे बताए । उनले भने, ुसन्तुलित, मैत्री, बराबरी र स्वतन्त्र देशको हैसियतले छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने छौं ।ु
उनले २०७४ सालमा कम्युनिष्टको नेतृत्वमा नयाँ सरकार बन्ने बताउँदै भने, ुनेपालको जन्मकुण्डलीमा २०७४ सालमा कम्युनिष्टको सरकार बनाउन लेखेको छ । यो कसैले टार्न खोजेर टर्दैन । बन्छ बन्छ ।ु
उनले एकीकरणको लागि समिति बनाए पनि त्यसपछिको धेरै काम रहेको बताउँदै भने, ुहामी जनताको सरकार बनाउन एक छौं । देश बनाउन एक छौं ।ु कान्तिपुरबाट