नागरिक उड्डयन मन्त्री जितेन्द्र देवलाई २४ घण्टे स्पष्टीकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2017 | 04:41:03 AM मा प्रकाशित

laxmi sunrise bank

हवाई माफिया र बिचौलियाको दबाबमा पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाएपछि निर्वाचन आयोगले चासो देखाएको छ । आचारसंहिता लागिसकेको अवस्थामा गौतमलाई पदबाट हटाएको विषयमा आयोगले चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । 

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार असोज १० गते आयोगले मन्त्रालयलाई पत्र पठाइसकेको छ । पत्र पठाएको भोलिपल्ट ९बुधबार० देखि दसैंको बिदा परेकाले मन्त्रालयले मंगलबार आयोगलाई जवाफ पठाउने तयारी गरेको एक अधिकारीले बताए । मंसिर १० र २१ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भई आचारसंहिता लागू भइसकेको अवस्थामा संवेदनशील तथा महत्त्वपूर्ण पदमा रहेका कर्मचारीलाई सरुवा गर्न नमिल्ने प्रवक्ता ढकालले बताएको खबर हामीले कान्तिपुरबाट लिएका हौँ । 

आयोगले महानिर्देशकलाई प्राधिकरणबाट मन्त्रालयमा तानिएको विषयमा आफूसँग सहमति नलिएको जनाएको छ । ‘निर्वाचन आयोगसँग सहमति नै नलिई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई निवार्चन आचारसंहिता विपरित मन्त्रालयमा कामकाज गर्ने गरी तोक्ने पदाधिकारीलाई किन कारबाही हुनु नपर्ने हो भनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ,’ स्पष्टीकरणमा लेखिएको छ । गौतमलाई दुईपटक स्पष्टीकरण सोधरे मन्त्रालय तानेको हो । तर उसले आयोगको अनुमति भने लिएको थिएन । सुरुको ११ बुँदे स्पष्टीकरणमा त्रिभुवन विमानस्थल विस्तारमा ठेक्का लिएर काम नगरेको स्पेनिस कम्पनी सान जोसेसँग सम्बन्धित विषय पनि सोधिएको थियो । मन्त्रालयका सहसचिव सुरेश आचार्यले निमित्त सचिवको हैसियतमा उक्त स्पष्टीकरण सोधेका थिए । विवादास्पद विषयमा स्पष्टीकरण सोध्दा सरकारको करिब ७ अर्ब रुपैयाँ जोखिममा पर्न सक्ने मन्त्रालयकै अधिकारीहरू बताउँछन् । 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved