गौरवका आयोजना सुस्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2017 | 04:53:50 AM मा प्रकाशित

laxmi sunrise bank

गत आर्थिक वर्षमा कुनै पनि राष्ट्रिय गौरवका आयोजनाले शतप्रतिशत भौतिक तथा वित्तीय प्रगति हासिल गर्न सकेनन् । अन्तरसरकारी समन्वय अभाव, स्थानीय अवरोध, नीतिगत समस्या, ढुंगा, गिट्टी, बालुवाको अभाव, ठेकेदारको लापरबाही लगायतका समस्या आयोजनाले झेल्नु परेको छ । अधिकांश आयोजनाका समस्या समान प्रकृतिका छन् । २१ मध्ये ८० प्रतिशतभन्दा बढी प्रगति भएका आयोजनाको संख्या १३ छ । ५० देखि ७९ सम्म प्रगति भएका आयोजनाको संख्या ५ छ । ५० प्रतिशतभन्दा कम प्रगति र प्रगति नै प्राप्त नभएका आयोजनाको संख्या क्रमशस् २ र १ रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगको ४० आंै राष्ट्रिय विकास समस्या सामधान समितिको बैठकमा प्रस्तुत भएको तथ्यांकअनुसार गत आर्थिक वर्षका लागि विनियोजन भएको बजेट र सम्पन्न गर्नुपर्ने काम कुनै पनि आयोजनाले पूरा गर्न सकेनन् । 

अधिकांशका समस्या सरकारी नीति नियमसँग सम्बन्धित छ । बाँकेमा झन्डै ४३ हजार कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको सिक्टा सिँचाइ आयोजना ०६२र६३ मा सुरु भएको हो । तर वन क्षेत्र तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र नदीजन्य निर्माण सामग्री गिट्टी, ढुंगा, बालुवाको आपूर्तिमा बन्देज भएका कारण काम अगाडि बढ्न सकेको छैन । नहर रेखाङ्कनमा विवाद, आयोजनाको नहर क्षेत्रभित्र पर्ने जग्गा, घरटहराको मुआब्जा र क्षतिपूर्ति बापत अस्वाभाविक रकम माग भएका कारणले कार्यान्वयनमा समस्या परिरहेको आयोजनाले जनाएको आजको कान्तिपुरमा खबर छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved