
मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा एक करोड ५४ लाख २७ हजार सात सय ३१ मतदाता कायम भएका छन्। प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले चुनावका लागि तयार गरिएको अन्तिम मतदाता संख्या स्वीकृत गरेको हो।
बैठकको निर्णयअनुसार आयोगले मंगलबार नै स्वीकृत मतदाताको नामावली वेबसाइटमा प्रकाशन गरेको छ। नामावलीअनुसार पुरुष मतदाता ७७ लाख ७६ हजार चार सय ९६ छन् भने महिला ७६ लाख ५१ हजार ५६ छन्। स्वीकृत नामावलीअनुसार प्रदेश नं। १ मा २९ लाख ९३ हजार ६ सय ६९ र प्रदेश नं। २ मा २७ लाख ६९ हजार तीन सय ६९ मतदाता छन्। यस्तै प्रदेश नं। ३ मा ३० लाख ७४ हजार चार सय १२, प्रदेश नं। चारमा १३ लाख ६८ हजार आठ सय २९ र प्रदेश नं। ५ मा २७ लाख ४० हजार आठ सय ४८ मतदाता छन्। प्रदेश नं। ६ मा आठ लाख ४६ हजार नौ सय ३३ र प्रदेश नं। ७ मा १४ लाख ३५ हजार ६ सय ७१ मतदाता छन्।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा गरेकै दिन भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको नाम नामावलीमा समावेश गरिएको आजको कान्तिपुरमा खबर छ ।