अब विमानस्थलमा लगेज चोरी हुदैन, यस्तो छ कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2017 | 05:34:40 AM मा प्रकाशित

laxmi sunrise bank

कुनै समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो लगेज चोरी हुन्थ्यो। तर, विगत दुई महिनादेखि लगेज चोरी बन्द भएको छ। कारण के होलारु  एक्कासि लगेज चोरी बन्द हुनुमा सुरक्षा व्यवस्थामा ठूलो हेरफेर भएको होइन। 

चोरीको धेरै गुनासो आएपछि प्रहरीले शरीरमा गोप्रो तथा बडी वन क्यामेरा राखेको विशेष टोली निगरानीमा खटाएको छ। जसले विमानबाट लगेज झारेदेखि अराइभलसम्म पुगुञ्जेल भिडियो खिचेर निगरानी गर्छ। लगेजको चेन फुटाएर चोरी गर्दै गर्दा विमानस्थलका दुई लोडर पक्राउ परेपछि प्रहरीले यस्तो टोली खटाएको हो। ‘लोडरका रूपमा काम गर्ने दुई कर्मचारीलाई करिब दुई महिनाअघि पक्राउ गरी मुद्दा चलायौँ,’ महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्ड प्रमुख डीआईजी पंकज श्रेष्ठले भने, ‘त्यसयता लगेज चोरी ठप्प छ।’ विमानबाट अराइभल एरियासम्म लगेज ओसार्ने जिम्मेवारी पाएका कर्मचारीहरूले नै यात्रुको लगेज फुटाएर चोरी गर्दै आएको प्रहरीले जनाएको छ।

लगेजको चेन सजिलै फुटाउन सकिने भएकाले कर्मचारीले लगेज ओसार्ने क्रममै चोरी गर्दै आएका थिए । झोलाको चेन फुटाउने र हात हालेर सामान निकाल्ने गरेको डिआइजी श्रेष्ठले बताए। आजको नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved