नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्ति निर्माण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 05, 2017 | 04:22:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसको नेतृत्वमा बृहत् लोकतान्त्रिक शक्ति निर्माण गर्ने विषयमा छ दलका शीर्ष नेताहरू सहमत हुनुभएको छ । लोकतान्त्रिक र परिवर्तन पक्षधर शक्तिहरू एक भएर जानका लागि स्पष्ट खाका तयार गर्न सात सदस्यीय कार्यदलसमेत गठन गरिएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको छ दलका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको जानकारी नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दिनुभयो ।

सात सदस्यीय कार्यदलमा नेपाली काँग्रेसका दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, सङ्घीय लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी ९प्रजातान्त्रिक०बाट एक÷एक सदस्य रहने सहमति भएको छ । कार्यदलमा रहने सदस्यहरूको नाम सम्बन्धित दलका अध्यक्षले प्रधानमन्त्री देउवालाई बिहीबार बिहानसम्म दिने र कार्यदलको बैठक भोलि बिहान ९ बजे बस्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारलाई समर्थन गर्ने र मङ्सिर १० र २१ मा तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नेमा दलका नेताहरू सहमत हुनुभएको जानकारी पनि नेता निधिले दिनुभयो ।

मङ्सिरमा हुन गइरहेको केन्द्र तथा प्रदेशको चुनावमा सातवटै दल सिटको तालमेल गरी सहभागी हुने राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले जानकारी गराउनुभयो ।

यसअघि बुधबारै काँग्रेसले बृहत् लोकतान्त्रिक एकताको प्रयास थालेको हो । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठकले वर्तमान राजनीतिक अवस्थाबारे विचार–विमर्श गर्दै बृहत् लोकतान्त्रिक गठबन्धन गर्नु नै आजको आवश्यकता भएको निक्र्योल निकालेपछि पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले त्यसको प्रयास थाल्नुभएको हो ।

सत्ता गठबन्धनमा सहभागी नेकपा ९माओवादी केन्द्र०ले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० र नयाँ शक्ति पार्टीसँग मङ्गलबार चुनावी तालमेल र त्यसपछि पार्टी एकताको घोषणा गरेपछि काँग्रेसले पनि विभिन्न राजनीतिक दलसँग सहकार्य गर्ने प्रयास सुरु गरेको हो ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले बुधबार अपराह्नदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का अध्यक्ष पशुपतिशमशेर राणा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका नेताहरू महन्थ ठाकुर, शरद्सिंह भण्डारी, राजेन्द्र महतो, सङ्घीय लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँग बृहत् लोकतान्त्रिक एकताका लागि छलफल गर्नुभएको थियो ।

बैठकपछि राजपाका नेता राजेन्द्र महतोले निर्वाचनमा लोकतान्त्रिक गठबन्धन निर्माण गरेर जाने विषयमा सहमति भएको र सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा सात सदस्यीय कार्यदल गठन भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले बुधबार दिउँसो हरेक पार्टीका शीर्ष नेताहरूसँग अलग–अलग छलफल गर्नुभएपछि साँझ संयुक्त बैठक बसेको थियो । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएलगत्तै प्रधानमन्त्रीले अन्य दलहरूसँगको सहकार्यलाई अगाडि बढाउनुभएको थियो ।

यसअघि काँग्रेस नेता अर्जुननरसिंह केसीले लोकतान्त्रिक, प्रगतिशील शक्तिहरूसँग बृहत् लोकतान्त्रिक एकता आवश्यक भएको महसुस गर्दै पार्टीले त्यसका लागि प्रयास थालेको जानकारी दिनुभएको थियो ।

उहाँले मुलुकको राजनीतिमा धु्रवीकरणको स्थिति देखिएकाले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन, मुलुकको सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्न र आगामी मङ्सिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न लोकतान्त्रिक शक्ति एक हुनुपर्नेमा पार्टीले जोड दिएको बताउनुभयो । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved