
चीनमा हुन लागेको १९ औं नेसनल कांग्रेसका लागि रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सभाको समयमा तिब्बती चिनियाँ भूमिमा प्रवेश गरी चीनविरोधी गतिविधि गर्न सक्ने भएकाले सिमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
अक्टोबर १८ मा हुने सभाका लागि नेपाल तथा चीनतर्फ सीमानाकाको सुरक्षामा कडाइ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताइन् । आजको नागरिकमा खबर