न्यायका लागि देवी देऊताको गुहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2017 | 04:22:51 AM मा प्रकाशित


छिटो छरितो न्याय पाउने आसले अहिले पनि ग्रामिण भेगका सर्बसाधरण आफुले मान्दै आएको देबिदेवता कहाँ न्यायका लागी गुहार माग्ने परम्परा छोडेका छैनन्। कोजाग्रत पूर्णिमाको सोरु गाउँ पालिका वडा(८ रुमा गाउमा रहेको गुरा, विजयी देवतासँग छिटो न्याय पाउने भन्दै ग्रामिण भेग सर्बसाधरणले न्याय पाउने भन्दै परम्परागत रुपमै गुहार माँग्ने चलन चलाउदै आएका हुन।

 कोजाग्रत पूर्णिमाका दिन पुजा हुने सोरु गाउँ पालिका वडा—८ गिलाह गाउमा रहेको गुरा, विजयी देवताका धामीहरु नाच्ने तयारीमो दमाहाको बाजा घन्किरहे बेला सोरु गाउँ पालिका —६ जिमा गाउँका धनबहादुर विक र कमला विक साथमा ४ बर्षको सानो छोरालाई बावियोको नाम्लोमा बाँधिएर मुखमा घाँस चेपेको अबस्थामा आफनो काकाले कमाई खाने खेत कब्जा गरेपछी बेलाबेला खेत छोड्न आग्रह गर्दा समेत नछोडेकाले गुरा,बिजयी देवताले छिटै न्याय दिलाउने आसले रुदै देवताको मन्दिर परिसरको चौरमा घोप्टो परेरे आफुमाथि परेको अन्यायका लागी गुहार मागी रहेका थिए।

आफुहरुले भोग चलन गर्दै आईरहेको खेत आफनै काकाले कब्जा गरेपछी पछिफुमाथि परेको अन्यायका लागी जग्गा फिर्ता गराई माग्न देउताको शरणमा आएका लावडकि पत्नि कमला लावडले बताईन्।

लावडका काका पर्नेले एक वर्ष अघि खेतमा लगाईएको बाली सहित खेत कब्जा गरी खेत विहिन भई बिचल्लीमा परेको न्याय पाउन देवता एक पटक अगाढी पनि आई गुरा, विजयी देउताले नै जग्गा दिलाउन लगाएको र आफुले जग्गा फिर्ता पाएको भएपनि पुन काकाले बाली सहित पुन खेत कब्जा गरेपछी न्याय माग्न फेरी देउता कहाँ आएको उनले बताए।

कानुनी प्रक्रिया अपनाउदा अदालती प्रक्रियाबाट ढिलो फैसला हुने भएकाले छिटो न्याय पाउन देउतालाई गुहार मागेको लावड परिवारको भनाई रहेको छ।

जग्गा मुद्दा मात्र होईनन, सम्बन्ध, विच्छेद, माना ,चामल , साँध सिमान विवाद लगायत धेरै विषयमा ग्रमिण भेगका सर्बसाधरण परम्परागद रुपमा देवी देउतालाई गुहार माग्ने गरिरहेका छन भने देउताकै निर्णयमा उनिहरु चल्ने गरेको स्थानीयवासी दानबहादुर शाहीले बताए।

न्यायका लागि सदरमुकाम गमगढी धाएर अदालती प्रक्रियामा जाँदा फैसला हुन निकै समय लाग्ने र जसका कारण पिडीतले थप पिडा भोगि रहनु पर्ने भएकाले पनि स्थानीयवासीहरुले परम्परा देखि नै देउतालाई न्याय मुर्तिका रुपमा मान्दै आएको शाहीले पनि बताएको आजको अन्नपूर्षपोष्टमा खबर छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved