किन भनिन्छ 'कहींँ नभएको जात्रा हाडीगाउँमा '

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2017 | 04:32:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ । राजधानीको हाडीगाउँमा भने शुक्रबार गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको जात्रा गरियो । यही जात्राले गर्दा नै ‘कहीं नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान नै बन्यो । कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ । जात्रालाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा पनि भनिन्छ ।

पौराणिक कथाअनुसार लिच्छविकालमा दिदीको बिहे धनी र बहिनीको गरिब परिवारमा भएछ । धनी दिदीले राम्रो स्वस्थ सन्तान जन्माउन सक्छु भनी घमण्ड गरिन् । बहिनीले आफूसँग धनसम्पत्ति नभए पनि भगवान् विष्णुप्रति आस्था भएकाले आफ्नो पनि राम्रो सन्तान जन्मने विश्वास लिइन् । ९ महिनामा बहिनीले स्वस्थ सुन्दर सन्तानको जन्म दिइन् । घमण्ड गर्ने दिदीको गर्भमा रहेको सन्तान भने १३ वर्ष बित्दा पनि जन्मिएन । 

गर्भावस्थामै दाह्री जुंगा पलाएपछि ज्योतिषीलाई देखाउँदा ‘रिसाएर शिवपुरी जंगलमा बसेका विष्णुलाई मनाउन सके बच्चा जन्मिने’ बहिनीले थाहा पाइछन् । त्यसपछि ज्योतिषकै सल्लाहमा दिदीले क्षमापूजा गरिन् । अन्यत्र कतै नपाइनेखटमा राखेर जात्रा गर्ने, सुनको धागोले गाँसेको मैनको फूल र हिमालय पर्वतलाई ल्याएर जात्रा गर्ने प्रतिबद्धता उनले गरेपछि विष्णु खुसी भएछन् । यसरी १४ वर्षपछि जन्मिएको छोरालाई विष्णुको प्रतीकका रूपमा लिइएको स्थानीय धिमे बाजाका गुरु टेकबहादुर डंगोलले बताए । ‘१४ वर्षमा जन्मिएको हुनाले नेपाल भाषामा नारायणलाई चोक्तेस् नारायण भनियो,’ उनले भने ।

मन्दिर सुनको धागोले गाँसेको मैनको फूलले सजाइएको पृथ्वीजस्तो घुम्ने आकारको हुन्छ । यस्तो अनौठो मन्दिरलाई १५र१५ गुठियारले बोकेर जात्रा गरिने भएकाले यसलाई कहीं नभएको जात्राका रूपमा चिनिएको डंगोलले बताएको खबर कान्तिरमा छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved