चिनियाँ पर्यटकलाई २५ हजार जरिवाना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2017 | 04:44:31 AM मा प्रकाशित

laxmi  sunrise bank

ड्रोन क्यामराको प्रयोगबाट अवैधरुपमा तस्बिर तथा भिडियो खिच्दै गर्दा प्रहरी फन्दामा परेका चिनिया नागरिकलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

हिमाली जिल्ला मनाङको चामेमा गत सोमबार ड्रोन क्यामरामार्फत तस्बिर र भिडियो खिच्दै गर्दा चिनिया नागरिक वाङ झोङदीलाई प्रहरीले पक्रेको थियो । 

कारबाहीका लागि प्रहरीले उनलाई प्रशासन कार्यालयमा बुझाएको थियो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले ती चिनियाँ नागरिकलाई नागरिक उड्डयन प्राधिकरणले २५ हजार रुपैयाँ जरिवाना गरेको बताए । 

उनका अनुसार ड्रोन क्यामराले खिचिका क्यामराभित्रका भिडियो तथा फोटाका ७ वटा क्लिप्स ‘डिलिट’ गर्न लगाई बरामद गरिएको क्यामरा फिर्ता दिइएको छ ।

चिनियाँ नागरिक एकजना नेपाली गाइड र भरियाको भरमा थोराङ्ला पास गर्न आएका थिए । यो खबर हामीले कान्तिपुरबाट लिएका हौ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved