नेपाल परिवार दलको चुनाव चिह्न सूर्य !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2017 | 05:14:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल परिवार दल आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको सुर्य चिन्हमा निर्वाचन लड्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा शुक्रबार साँझ भएको सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन लड्ने भएको हो ।

दुई पार्टीबीच तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् । तर, परिवार दललाई दिइने प्रत्यक्ष र समानुपातिकतर्फको संख्या उल्लेख गरिएको छैन ।

सिट संख्या सहमतिमा टुंगो लगाउने तथा देशभर एमाले उम्मेदवारलाई जिताउन परिवार दल सक्रिय भएर लाग्ने सहमतिमा उल्लेख छ । यस्तै, निर्वाचनपछि बन्ने संसद्मा परिवार दलले एमालेको ह्वीप मान्ने सहमति पनि भएको छ । नयाँ पत्रिका दैनिकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको सुर्य चिन्हमा निर्वाचन लड्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा शुक्रबार साँझ भएको सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन लड्ने भएको हो ।

दुई पार्टीबीच तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् । तर, परिवार दललाई दिइने प्रत्यक्ष र समानुपातिकतर्फको संख्या उल्लेख गरिएको छैन ।

सिट संख्या सहमतिमा टुंगो लगाउने तथा देशभर एमाले उम्मेदवारलाई जिताउन परिवार दल सक्रिय भएर लाग्ने सहमतिमा उल्लेख छ । यस्तै, निर्वाचनपछि बन्ने संसद्मा परिवार दलले एमालेको ह्वीप मान्ने सहमति पनि भएको आजको  नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved