मदिरा बेच्न नपाएपछि जनप्रतिनिधिविरुद्ध मुद्दा !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2017 | 05:24:06 AM मा प्रकाशित

laxmi  sunrise bank

 मदिरा बेच्न रोक लगाएको भन्दै शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधिविरुद्ध उच्च अदालत महेन्द्रनगरमा रिट (मुद्दा्) दायर गरेका छन् ।

गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निशेष गर्ने गाउँपालिकाको निर्णयविरुद्ध मुद्दा दायर गरेका हुन् । जनप्रतिनिधिविरुद्ध व्यवसायीहरूले मुद्दा दर्ता गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताइन्।

‘हामीले मदिरा व्यवसायीसँगको छलफलपछि पहिलो बैठकबाटै गाउँपालिकाभित्र मदिरा बेचबिखन रोक्ने निर्णय गरेका थियौं तर उहाँहरूले यो निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएछ,’ उनले भनिन्। जिल्ला अदालतबाट फोनमार्फत मदिरा व्यवसायीले मुद्दा दायर गरेको जानकारी पाएको उनको भनाइ छ। गाउँपालिकाभित्रका ८६ जना मदिरा व्यापारीको आन्तरिक बैठकले जनप्रतिनिधिविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरूले उच्च अदालत महेन्द्रनगरमा गाउँपालिकाको निर्णयले व्यवसायमा असर परेको भन्दै मुद्दा दायर गरेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए। ‘एउटै लाइसेन्स लिएर चार वटासम्म मदिरा पसल खोलेका छन्, बालबालिकाहरूलाई मदिरा नबेच्नुस् भन्दा पनि बेच्ने गर्छन्,’ उनले भने, ‘महिला हिंसा बढेको, विद्यार्थीको अध्ययनमा असर परेकोलगायतका कारण हामीले अभियान चाल्दा उल्टै मुद्दा हालेछन्।’

‘अरूलाई पढाइमा बाधा भइरहेको छ भनी हामीले मदिरा नियन्त्रण अभियान चालेका हौं, उल्टै हामीविरुद्ध मुद्दा दायर गरेको सुनिँदै छ,’ कर्ण साउदले भने। गाउँपालिकाले मदिरा नियन्त्रण अभियान चाले पनि मदिरा व्यापारीहरूले इजाजत लिई मदिरा पसल सञ्चालन गरेकामा जननिवार्चित प्रतिनिधिले आफूहरूप्रति अन्याय गरेको शिवनाथ गाउँपालिकाका मदिरा व्यापारीले बताएका छन्। राजधानी दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved