साधारण तारेखमा देवनारायण भारतीय जेलबाट रिहा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2017 | 04:42:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एक सातादेखि भारतीय जेलमा रहेका सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव शनिवार रिहा भएका छन् । भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यवहार न्यायालयमा देवनारायण र उनका छोरा अजयमाथि लगाइएको साधारण अपहरण मुद्दामा शुक्रबार सुनुवाई सकिएपछि शनिवार उक्त न्यायालयले साधारण तारेखमा रिहा गर्ने आदेश गरेको छ । 

प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले देवनारयण, उनका छोरा अजय र अपहरित भनिएकी उनकी बुहारी ज्योती कुमारीको शुक्रबार भारतको वीरपुर न्यायालयमा बयान सकिएपछि शनिवार साधारण तारेखमा छोड्ने आदेश भएको भारतीय समकक्षीले जानकारी गराएको बताए । 

न्यायालयमा देवनारायणको पक्षबाट अधिवक्ता प्रभाकर सिंहले बहस गरेको कान्तिपुरमा खबर छ ।  

अपहरणमा परेको भनिएकी देवनारायणकी बुहारी ज्योती कुमारीले मंगलवारदेखि उक्त न्यायालयमा आफू अपहरणमा नपरेको बयान दिन धाउँदा धाउँदै ४ दिनपछि शुक्रवार बयान लिएको थियो । आफू अपहरणमा नपरी राजीखुशीले अजयसँग विवाह गरेको ज्योती कुमारीले न्यायालयमा बयान दिएकी छन् । उनले भारतीय पक्षको पूर्वाग्रही पूर्ण मन्सायले आफ्ना ससुरा र पतिलाई एक सातासम्म भारतीय जेलमा बस्नु परेको गुनासो पोखिन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved