फिफा संरचनाको निर्माणमा नेपाली कामदारलाई विभेद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2017 | 05:28:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्ड कपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ–आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भइरहेका बेला नेपालीभाषी कामदार भने यो अवसरबाट वञ्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिक खटिएको कान्तिपुरमा खबर छ ।


वर्ल्ड कप आयोजक निकाय ९सुप्रिम कमिटी० ले सदर गरेको निर्णयमा कतारमा निर्माण क्षेत्रको सुरक्षा तालिममा अनुभवी मानिएको कतार इन्टरनेसनल सेफ्टी सेन्टरले यो विशेष कार्यक्रमको जिम्मेवारी पाएको छ । सेन्टरले तत्काल अंग्रेजी, हिन्दी, उर्दु, तागालोग (फिलिपिनो) र मलायालम भाषामा सम्बद्ध भाषीलाई तालिम सुरु गर्दैछ । यी भाषाले भारत, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सका कामदारलाई समेट्छ । कामदारको उपस्थिति र अनुपातमा भारतीयपछि नेपालीको संख्या बढी भए पनि नेपाली भाषालाई भने यो तालिम अवसरमा फिफाको सुप्रिम कमिटीले समेटेको छैन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved