राप्ती किनारमा पेट्रोलियम खानी भेटियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 04:56:42 AM मा प्रकाशित

laxmi  sunrise bank

राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ । नदी बगरमा निस्किएको पदार्थमा आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो ।

गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुवै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले पेट्रोलियम भए÷नभएको बारेमा अध्ययन गरेको थियो ।


स्थानीयले केही दिनअघि बगरमा ग्यास निस्किएको भन्दै विभागमा जानकारी गराएका थिए । विभागको टोलीले ग्यास निस्किएको क्षेत्रको स्थलगत अवलोकन गरेको जानकारी दिँदै यसको विस्तृत अध्ययनपछि मात्र कुन ग्यास हो भन्न सकिने उपमहानिर्देशक रजौरेले बताए ।

‘स्थलगत अध्ययन र परीक्षणले यो क्षेत्रमा पेट्रोलियम पदार्थको खानी छ भन्ने देखाएको छ’, उनले भने, ‘विस्तृत कुरा हामी अहिले नै भन्न सक्ने अवस्था छैनौं । बगरमा जमिनमुनिबाट निस्किएको ग्यास यो मिथेन हो कि पेट्रोलियम ग्यास हो भन्ने अध्ययनपछि मात्र यकिन गर्न सकिन्छ ।’

‘स्थलगत अध्ययन र परीक्षणले पेट्रोलियम पदार्थको खानी छ भन्ने देखाएको छ ।’ सुधीर रजौर, उपमहानिर्देशक, खानी तथा भूगर्भ विभाग

काठमाडौंमा निस्किएजस्तै हो भने मिथेन र त्यो होइन भने दैलेखको जस्तै पेट्रोलियम ग्यास हुन सक्ने उनले जानकारी दिए । यसले यो क्षेत्रमा खानी भएको देखाउने उनको भनाइ छ । अन्नपूर्णपोष्टबाट 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved