गठबन्धनमा खटपटः नयाँ शक्ति बाहिरेने चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 04:51:08 AM मा प्रकाशित

laxmi sunrise bank


चुनावी तालमेल गरेका वामपन्थी दलबीच सिट बाँडफाँटमा विवाद चर्किएपछि खटपट देखिएको छ ।

नेकमा माओवादी केन्द्र र नयाँ शक्तिबीच विवाद बढेपछि गठबन्धनमा खटपट देखिएको हो ।

एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी गठबन्धनसहित पार्टी एकता घोषणा गरिएको छ ।

माओवादीसंग विवाद बढेपछि नयाँ शक्ति पार्टीले गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएको छ ।

उसले आफुले दावी गरेअनुसार सिट नपाए शुक्रबारसम्म गठबन्धनबाट बाहिरिने अल्टिमेटम दिएको हो ।

शुक्रबार हुने पार्टीको केन्द्रिय समितको बैठक अघिनै सहमति हुन सकेन भने हामी आँखा, चुनाव चिह्न लिएर अघि बढ्ने छौं, सिट बाँडफाटका लागि नयाँ शक्तिबाट कार्यादलमा प्रतिनिधित्व गरेका गंगा श्रेष्ठले भने, एमाले होईन, हामीप्रति माओवादी बढी रिजिड भयो । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved