रेस्टुरेन्टलाई बर्गीकरण गरिने, राम्रो रेस्टुरेन्ट कसरी चिन्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 04:58:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले होटल रेस्टुरेन्टलाई स्वच्छताका आधारमा ‘तारा चिह्न’ बाट वर्गीकरण गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सर्वसाधारणले देख्ने गरी तारा चिह्नमार्फत वर्गीकरण गर्न लागेको हो । विभागका अनुसार होटल, रेस्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याटरिङ एवं क्यान्टिनलाई बर्गीकरण गरिनेछ । यसका लागि निर्देशिका तयार गरी कृषि मन्त्रालयमा पेस गरेको विभागका महानिर्देशक सञ्जीव कर्णले बताए । ‘उपभोक्ताको स्वास्थ्य तथा सुविधाका लागि खाद्य नियमावली २०२७ को नियम ३३ ९क० ले दिएको अधिकार अनुसार खाद्य स्वच्छताको आधारमा होटल रेटुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४’ तयारी अवस्थामा छ,’ उनले भने, ‘मन्त्रालयबाट स्वीकृतसँगै कार्यान्वयन गर्छौं ।’ सरकारले पटकरपटक अनुगमन गरे पनि अधिकांश होटलररेस्टुरेन्टमा सुधार हुन सकेको छैन । अनुगमनको क्रममा फोहोर, अस्तव्यस्तता र मनपरी मूल्य असुल्ने गरेको पाइन्छ

अनुगमनबाट सुधार हुन नसकेपछि उपभोक्ता सचेतनाका लागि ‘तारा चिह्न’ लगाउन लागिएको हो । निर्देशिकाअनुसार होटल रेस्टुरेन्टले प्राप्त गरेको अंकको आधारमा वर्गीकरण गरिनेछ । वर्गीकरणका लागि ५० वटा प्रश्नावाली तयारी गरिएको छ । सोही आधारमा अतिउत्तम (तीन तारासहित हरियो), उत्तम (दुई तारासहित हरियो), सन्तोषजनक (एक तारासहित हरियो) र सामान्य (पहेंलो स्टिकर) लगाइने जनाएको छ । विभागले यसअघि पनि हरियो, पहेंलो र रातो स्टिकर लगाउने जनाएको थियो । तर, प्रभावकारी हुन सकेन । त्यसलाई व्यवस्थित बनाउन पुनी तारा चिह्न लगाउन लागेको प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । ‘होटलररेस्टुरेन्ट क्षेत्रलाई व्यवस्थित बनाउन खोजेका छौं । तारा चिह्नले राम्रो देखिन्छ,’ उनले भने, ‘सर्वसाधारणहरू सुसूचित हुन्छन् ।’ उक्त प्रमाणपत्ररलोगोको समयअवधि एक वर्ष हुनेछ । 

स्थानीयस्तरमा सञ्चालित होटलररेस्टुरेन्टमा खाद्य स्वच्छता कायम गर्न होटलररेस्टुरेन्टलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण गर्ने कार्यमा सहयोग गर्न स्थानीय तहमा स्थानीय खाद्य स्वच्छता समूह गठन गरिने भएको छ । त्यसका लागि छुट्टै कमिटी गठन गरिएको छ । निर्देशिकाअनुसार अनुगमन टोलीले लोगो वा प्रमाणपत्र प्रदान गरेका होटलररेस्टुरेन्टको पुनस् फलोअप अनुगमनरनिरीक्षण गर्दा निर्धारित खाद्य स्वच्छता कायम नगरेको नपाइएमा लोगो तथा प्रमाणपत्र कुनै पनि बेला फिर्ता, जफत हुन सक्छ ।

निर्देशिकाअनुसार वर्गीकरण गर्दा होटलको बाहिरी परिधि सफा तथा फोहोरमुक्त भएरनभएको, भुइँ, भित्ता र सिलिङ नसोस्ने, सजिलै सफा गर्न सकिने किसिमले बनाइएकोरनबनाइएको र तिनीहरू ठीक अवस्थामा रहेरनरहेको, खाद्य वस्तुको सम्पर्कमा आउने स्थलहरू उपयुक्त सामग्री प्रयोग गरी निर्माण गरिएकोरनगरेको मूल्यांकन गरिनेछ । सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादीलाई खानेकुराहरूभन्दा टाढा, लेबल लगाई उपयुक्त तवरले भण्डारण गरिएको, खाडल नाली तथा चर्पीबाट बग्ने सबै फोहोर पानीलाई राम्रोसँग ढल निकासको व्यवस्थित प्रणालीमा जोडिएको हेरिनेछ । पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपहरू नचुहिने गरी जडान गरिएका, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको प्रर्याप्त व्यवस्था गरिएको समेत मूल्यांकन गरिनेकान्तिपुरमा खबर छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved