अन्तर्राष्ट्रिय जोरखानी खेलकुद महासंघ (आइजेटएसएफ) को सहयोगमा कीर्तिपुर नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने भएको छ।
रंगशाला निर्मााणका लागि कीर्तिपुर नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि त्रिपक्ष्ीाय सम्झौतापत्रमा आइजेटएसएफका अध्यक्ष तथा इरानका निवर्तमान उपराष्ट्रपति डा।मोसिन मेरालिजाहेद, नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार रंगशाला निर्माणका लागि विस्तृत प्रतिवेदन (डिपिआर) तयार भएपछि उक्त डिपिआरबाट देखिन आउने कुल लागतको ७५ प्रतिशत रकम आइजेटएसएफले र बाकी २५ प्रतिशत रकम नेपाल जोरखाने खेलकुद संघले व्यहोर्न छ । रंगशालाका लागि कीर्तिपुर नगरपालिकाले कीर्तिपुर गेटको पूर्वपट्टीको खेल मैदानको जग्गा उपलब्ध गराउने छ।
मेरालिजाहेद नेपालले अन्तर्राष्ट्रिय जोरखाने खेलमा छोटो समयमा नै हात पारेको उपलब्धि प्रसंशनीय भएको भन्दै उनीहरूलाई सहयोग गर्न पाउँदा हर्षित भएको बताए ।
‘नेपालले हामीसँग अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माणका लागि प्राविधिक र आर्थिक सहयोग गर्न आग्रह गरेको थियो र हामी उनीहरूलाई सहयोग गर्न सहमत भएका छौ,’ मेरालिजाहेदले भने, ‘रंगशाला निर्माणका लागि जग्गा उलपब्ध गराउन गराउने कीर्तिपुर नगरपालिकालाई विशेष धन्यबाद दिन चाहान्छु । हामी छिटोभन्दा छिटो डिपिआर तयार पारी काम सुचारु गर्छौ । आगामी ५ वर्ष भित्रमा यो परियोजनाले पूर्णता पाउनेमा हामी आशावादी छौ । जोरखाने खेलका लागि नेपाल एक उत्तम स्थान बन्न सक्छ ।’
उक्त सम्झौता आइजेटएसएफको आगामी बोर्ड बैठकले अनुमोदन गर्दै इरानको संसदमा प्रस्तुत गरिने र त्यहाँबाट स्वीकृत भएपछि काम औपचारिक रुपमा अघि बढ्ने बताइएको छ। नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष मानन्धरले आइजेटएसएफ र इरान सरकारको सहयोग अतुलनीय भएको बताए। नागरिकमा खबर छ ।
‘भूकम्पका कारण भएको एक अन्तर्राष्ट्रिय रंगशाला पनि अव्यवस्थित बनेको छ । निर्माण कार्य अघि बढेको बताइएपनि कामले कहिले पूर्णता पाउने टुंगो छैन,’ मानन्धरले भने, ‘अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशालाका लागि आइजेटएसएफ र इरान सरकारको सहयोग नेपाली खेलकुदका लागि ठूलो उपलब्धि हो । आगामी तीन महिना भित्रै निर्माण कार्य औपचारिक रुपमा सुरु हुनेछ ।’ रंगशाला निर्माणका लागि कुल ९२ करोडको लागत लाग्ने बताइएको छ।