दश हजार दिए सवारी लाइसेन्स हातमा, वितरणमा सेटिङ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 14, 2017 | 05:20:30 AM मा प्रकाशित

नेपालगन्जः लामो समयको अन्तरालपछि यातायात व्यवस्था कार्यालय भेरीले विभिन्न वर्गको लागि सवारी चालक अनुमतिपत्र (ड्राईभिङ लाइसेन्स) को आवेदन खोलेको छ । आवेदन खुलेसँगै लाइसेन्समा पास गराइदिने र लाइसेन्स दिलाइ दिने भनि सेटिङ गर्नेहरू पुनः सक्रिय हुन थालेका छन् । दलालहरूको चुरीफुरी पनि फेरि त्यत्तिकै बढ्न थालेको छ ।

दसै अघिदेखि नै टेक्टरको लाइसेन्सका लागि आवेदन खोलेको सो कार्यालयले लिएको ट्रायलमा अत्यन्तै न्यून व्यक्तिले ट्रायल पास गरेको भए पनि आवेदन दिएकामध्ये आधाबढीलाई ‘सेटिङ’ मै पास गराइएको कार्यालय भित्रबाटै जानकारी आएको छ । यसरी लाइसेन्स लिनेहरूले जनही १० हजार बुझाएको स्रोतले दाबी गरेको छ ।

“ट्रायल दिएर पास भए पनि सेटिङमार्फत गएकाले दस हजार बुझाउनै पर्ने गरी काम गरिएको छ,” परिचय नखुलाउने सर्तमा एक सेवाग्राहीले भने । यातायात कार्यालय परिसरभरि नै यस्ता सेटिङ मिलाउनेहरूका बिगबिगी रहेको उनी बताउँछन् ।

“कार्यालय परिसरमा सेवा लिन आउने सेवाग्राहीसँग मोलमोलाई समेत गरेको प्रत्यक्ष भेट्न सकिन्छ,” उनले भने, “सवारी चलाउन सिकाउने ड्राइभिङ इन्स्टिच्युटले समेत सिक्न आउने प्रशिक्षार्थी संगै लाईसेन्स बनाई दिने गरी आफ्नो शुल्क लिने गरेका छन् ।’ 

टेक्टर, मोटरसाइकल र स्कुटीका लागि १० हजार, चारपांग्रे लाइटका लागि १५ हजार, जेसिभि, एक्जाभेटर, हेभि चारपांग्रेका लागि २० हजार मूल्य नै तोकेरै सेवाग्राहीसँग पैसा उठाउने र उनीहरूले नै फारम भर्नेदेखि ट्रायल मिलाउनेसम्म काम गर्ने गरी सो कार्यालयमा सेटिङ हुने गरेको पाइएको छ ।

यातायात व्यवस्था कार्यालय भेरीले करिब १ वर्षअघि लिएको लाइसेन्सको परीक्षामा अनियमितता भएको भन्दे अख्तियारले हस्तक्षेप गरेपछि सो प्रक्रिया नै रोकिएको थियो । सो प्रक्रिया रोकिँदा करिब १२ हजारभन्दा बढीको लाइसेन्स नबन्दा उनीहरूले लामो समयदेखि समस्या भोग्दै आएका थिए । 

सो काण्डमा यातायात कार्यालयका तत्कालीन प्रमुखदेखि लिएर तल्लो तहसम्मका गरी १४ जना कर्मचारीको सेवानै समाप्त गरिएको थियो । 

लाइसेन्स वितरण प्रक्रिया पुनः सुरु भएसँगै पुनः दलाली र सेटिङ गर्नेहरू सक्रिय भएको सेवाग्राहीको भनाइ छ । रहेको आजको कारोबारमा खबर छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved