सेयरबजारमा दुई सय ४६ अर्ब गुम्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 14, 2017 | 05:27:31 AM मा प्रकाशित

बैंकको चर्को ब्याज, अत्यधिक सेयर आपूर्ति, अस्थिर राजनीति लगायत कारण सेयर बजारबाट लगानीकर्ताले पछिल्लो वर्ष दुई खर्ब ४६ अर्ब रुपैयाँ गुमाएका छन् ।

गत वर्षको असोज अन्त्यमा १९ खर्ब ९८ अर्ब ६२ करोड रुपैयाँ पुगेको कुल बजार पुँजीकरण  बिहीबार ९हिजो० १७ खर्ब ५२ अर्ब ५४ करोड रुपैयाँमा आइपुगेको छ । बजार पुँजीकरण घटेकै कारण लगानीकर्ताले उक्त रकम गुमाएका हुन् ।

पोहोर असोज ३० गते १८०३।७४ बिन्दुमा पुगेको सेयर बजार मापक नेप्से बिहीबार ९हिजो० १५१०।०२ मा आइपुगेको छ ।

नेपालको पुँजी बजारमा राजनीतिक प्रभाव अत्यधिक पर्ने गरेको नेपाल धितोपत्र बोर्डका निर्देशक नवराज अधिकारीले बताए । ‘देशको राजनीतिले सेयर बजारलाई सबैभन्दा बढी असर पार्ने गरेको छ,’ उनले भने, ‘राजनीकि परिस्थितिले सेयर बजारमा उतारचढाव आउँछ ।’

देशको आर्थिक अवस्था, लगानीयोग्य पुँजी ९तरलता०, बैंकको ब्याजदर, नियमन निकायको नीति–निर्देशन, धितोपत्रको माग र आपूर्ति, लगानीकर्ताको मनोविज्ञान, कम्पनीको वित्तीय कार्यसम्पादन लगायत कारणले सूचीकृत कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने अधिकारीले बताए ।

राजनीति प्रभावले सेयर बजारमा प्रत्यक्ष प्रभाव पर्ने गरेको विज्ञहरुको भनाइ छ । करिब एक वर्षअघि नेकपा मोओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दा सेयर बजारबाट लगानीकर्ताले एकै दिन नौ अर्ब ८० करोड रुपैयाँ गुमाएका थिए ।  

अघिल्लो साता वाम एकताका कारण सेयर बजार प्रभावित भएको थियो । सरकारमा सामेल दल नेकपा माओवादी केन्द्र र विपक्षमा रहेको नेकपा एमालेले आगामी चुनावमा तालमेल गरेर जाने निर्णय गरेसँगै सेयर बजारमा पहिरो गएको थियो । तीन दिनयता वाम एकताको त्रास सकिएको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । तीव्र गिरावटको क्रम रोकिएपछि लगानीकर्ताको मनोबलमा सुधार आएको नागरिकमा खबर छ ।

सेयर बिक्रीको चाप बढेका कारणले पनि सेयर बजार घटेको स्टक ब्रोकर बताउँछन् । बजारमा सेयर अधिक आपूर्ति भएका बेला नेप्से घट्ने र आपूर्ति कम हुँदा बढ्ने गर्छ ।

धेरैजसो लगानीकर्तामा बजार बढ्दा अझै हौसिएर सेयर किन्ने अनि घट्दा आत्तिएर बिक्री गर्ने प्रवृत्ति हुन्छ ।

बैंकमा लगानी गर्न आवश्यक रकम ९तरलता० पर्याप्त हुन थालेकाले पनि ब्याज घट्ने निश्चित छ । त्यसैले सेयर बजारमा सुधारको संकेत देखिएको हो ।

ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुन्छ । ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ ।

निरन्तर ओरालो लागेको सेयर बजार तीन दिनयता सुधार आएको छ । मंगलबार ०।७४ बिन्दुले सुधार आएको बजार बुधबार ३।३६ र बिहीबार ४।०३ बिन्दुले बढेको छ । नेप्से परिसूचकमा भएको वृद्धिसँगै कारोबार रकममा पनि सुधार आएको छ । बिहीबार ४० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved