एउटा खसीको मूल्य २ लाख !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 05:06:56 AM मा प्रकाशित

laxmi  sunrise bank

एउटा गाईभैंसीको मूल्य २ लाख पनि आउँदैन । तर, यहाँका एक किसानले पालेको खसीलाई व्यापारीले २ लाख रुपैयाँमा किन्छु भन्दा पनि नबेचेको सुन्दा आश्चर्य लाग्न सक्छ । 

यो सत्य हो । जहदा गाउँपालिका ४ का मोहनकुमार महतोले एउटा खसी १२ वर्षदेखि पालेका छन् । १२ वर्षमा खसीको तौल १ सय ३ किलो भएको छ । व्यापारीले गाउँमा बेच्दै हिँडेको जमुनापारी जातको उक्त खसी १२ वर्षअघि महतोले ५ सय रुपैयाँमा किनेका थिए । गत वर्ष व्यापारीहरूले २ लाख रुपैयाँमा बेच्न भने पनि नबेचेको उनले सुनाए । उनले ४र५ वर्षदेखि खसीले धेरै खाने नगरेको सुनाए । गाउँमा घुमफिर गरी आफैं चर्ने र घरमा आएपछि बिहान–बेलुका अलिकति गहुँ खान दिने गरेको उनी बताउँछन् । किसानले यसरी बाख्रापालन गर्नसके राम्रो आम्दानी हुने उनी बताउँछन् । बाख्रापालन गर्ने किसानहरूको अध्ययनका लागि यो एउटा राम्रो स्रोत बनेको छ ।

उनले किसानहरूको समूह बेलाबेलामा हेर्न र अध्ययनका लागि आउने गरेको सुनाए । जमुनापारी जातको खसीबाख्रा बलियो हुने गरेको र १५ वर्षसम्म बाँच्ने गरेको जिल्ला पशु सेवा कार्यालय मोरङका रामसेवक यादव बताउँछन् । उनले जमुनापारी जातका खसीको तौल अधिकतम १२० किलो र बाख्राको तौल ९० किलोसम्म हुने बताए । भारतले सन् १९५३ मा इन्डोनेसियाबाट प्रख्यात इटावा जातिको बोका ल्याएर स्थानीय जातको बाख्रासँग क्रस गराएर उत्पादन गरेको जातलाई यमुनापारी नामकरण गरेको हो । उनका अनुसार यमुनापारी बाख्रा दूध र मासुका लागि पालिन्छ । यसको कान, घाँटी लामो र नाक घुमाउरो हुन्छ ।कान्तिपुरमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved