पर्यटकका लागि बग्गी !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 05:14:10 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखरामा बग्गी व्यवसाय सुरु भएको छ । बग्गी एण्ड हर्स राइडिङ प्रालिले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले उक्त व्यवसाय सञ्चालन गरेको प्रालिका सञ्चालक, युवा उद्यमी शान्त शर्माले बताए । 

भारतबाट घोडा र बग्गी नेपालमा ल्याई विगत एक वर्षदेखि काठमाडौंको बाँसबारीबाट बग्गीको व्यवसाय सुरु गरेका शर्माले पोखरामा पर्यटकहरूलाई लक्षित गरी उक्त व्यवसाय आइतबारबाट सुरु गर्दैछन् । पहिलो चरणमा भारतबाटै ३ वटा घोडासहित एक बग्गीबाट पोखरामा बग्गी व्यवसाय सुरु गरेसँगै पोखरेली र पर्यटकहरूको मागअनुसार थप बग्गीको सेवा दिन तयार रहेको उनले जनाए ।

हाल उनले भारतबाट घोडाको साथमा अनुभवी बग्गी एक जना चालकसमेत ल्याएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा बग्गीमा बसेर यात्रा गराउने गरी पहिलो चरणमा सेवा सुरु गर्ने उनले बताए । पर्यटकसँगै कुनै विवाह वा व्रतवन्ध एवं शुभकार्यका लागि आवश्यक परेको खण्डमा पनि बग्गी प्रयोग गर्न सकिने बताएका सञ्चालक शर्माले पोखरामा सोमबार नै एउटा विवाहका लागि अग्रिम बुकिङ भएको बताए ।

एक दिनको बुग्गी रिजर्वका लागि चालकसहित करिब ८० हजार शुल्क लाग्ने प्रालिले जनाएको छ । छोटो समय बग्गी सवार गर्नेलाई न्युनतम एक हजार शुल्क लिने गरी बग्गी सवारका विभिन्न प्याकेज ल्याउने शर्माले जनाए । नेपाल बिज्नेस एण्ड इमिगे्रेसन फ्यासिलिटेड प्रालिको नामबाट विगत १७ वर्षदेखि विदेशी लगानीको लागि परामर्श दिँदै आएका शर्माले नेपालमा बग्गी व्यवसायको राम्रो सम्भावना देखेर काठमाडौं, पोखरा हुँदै वुटवलमा समेत यो सेवा विस्तार गर्ने लक्ष्य राखेका छन् । कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved