स्वास्थ्य बिमाका लागि १४ जिल्ला छनोट, कुनकुन परे ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 06:03:58 AM मा प्रकाशित

laxmi  sunrise bank

 

चालू आर्थिक वर्षमा सरकारले थप १४ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने भएको छ । दोस्रो चरणको कार्यक्रम लागि सरकारले उक्त जिल्ला छनोट गरेको हो । थपिएका जिल्लासहित चालू आवको अन्त्यसम्ममा ३९ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुनेछ । 

चालू आवका लागि सरकारले पूर्वी नपालदेखि सुदुर पश्चिमका जिल्लाहरू छनोट गरेको छ । जसमा बझाङ, बाजुरा, हुम्ला, मुगु, डोल्पा, कालीकोट, रुकुम, अर्घाखाँची, प्युठान, कपिलबस्तु, रामेछाप, सिरहा, खोटाङ र भोजुपर परेका छन् । यी जिल्लाहरूमा चालू आवमा नै कार्यक्रम सञ्चालन गर्ने तयारी भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका लेखा प्रमुख शालिकराम पराजुलीले जानकारी दिए । 

पहिलो चरणको कार्यक्रमका लागि सरकारले गत आवमा २५ जिल्ला छनोट गरेको थियो । जसमध्ये गत मंगलबार थप चार जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ । यससँगै कार्यक्रम सञ्चालन भएका जिल्लाको संख्या २२ पुगेको छ । उक्त जिल्लामध्ये १५ वटा जिल्ला स्वास्थ्य उपचार सेवा नै सुरु भएको छ भने बाँकी रहेका ७ जिल्लामा असोजदेखि दर्ता प्रक्रिया सुरु भएको हो ।

जसमा आगामी मंसिरदेखि नै उपचार सेवा सुरु हुनेछ । तर, निर्वाचनका कारण भने महोत्तरी, रौतहट र पर्सामा कार्यक्रम सञ्चालन गर्न नसकिएको समितिका लेखाप्रमुख पराजुलीले बताए । स्वास्थ मन्त्रालयद्वारा आयोजित स्वास्थ्य बिमा कार्यक्रम कैलाली जिल्लादेखि सुरु भएको हो । पहिलो चरणको कार्यक्रमअन्र्तगत नमूना परीक्षणका लागि कैलाली, बाग्लुङ र इलाम छनोट गरिएको कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved